Thursday, January 10, 2019

लालझाडी गाउँपालिकाको पहिलो कालोपत्रे सडक एक महिना नपुग्दै भत्कियो


  आर्थिक अनियमितता भएको आशंका 

जनक विष्ट  
     कञ्चनपुरको लालझाडी गाउँपालिकाकै पहिलो कालोपत्रे सडकमा खबरदारी गर्दा गर्दै मापदण्ड विपरीत काम भएको स्थानीयले आरोप लगाएका छन्। लालझाडी गाउँपालिका वडा नम्बर २ कन्जमा गाउँपालिकामै पहिलो पटक कालोपत्रे गरिएको सडक एक महिना नपुग्दै फुट्न थालेपछि स्थानीयले निर्माण व्यवसायीले मापदण्ड विपरित काम गरेको आरोप लगाएका हुन्।

लालझाडी गाउँपालिका नै पक्की सडक विहिन रहेको अवस्थामा १६ लाखमा ठेक्का सम्झौता गरी कालोपत्रे गरिएको वडा नम्बर २ को कन्जको तीन सय २६ मिटर सडकमा निर्माण व्यवसायीले कमसल काम गरेको आरोप स्थानीयले लगाएका हुन् । करिब एक महिना पहिले मात्र कालोपत्रे गरिएको सडक भत्किन थालेको छ भने कालोपत्रे पनि बजेट जोगाउनका लागि निकै पातलो गरिएको छ।

स्थानीय मदन रानाले सडक कालोपत्रे गर्ने बेला देखी नै मापदण्ड विपरीत काम भएको भन्दै खबरदारी गर्दा गर्दै पनि निर्माण व्यवसायीले कमसल काम गरेको बताए।  गाउँपालिकामै पहिलो पटक कालोपत्रे गरिएको सडक नमुना हुनुपर्ने बेला महिना दिनमै भत्कीने बनेपछि समाजका अगुवा, लालझाडी गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा आर्थिक चलखेल भएको स्थानीय दिनेश कुमार रानाले बताए।

विभिन्न स्थानीय तहमा जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीको मिलमतोमा आर्थिक अनियमितता गर्दै मापदण्ड विपरीत विकास निर्माणका काम भइरहेको जनगुनासो बढिरहेका बेला लालझाडी गाउँपालिकामा पनि आर्थिक अनियमितता गर्नका लागि गुणस्तर हिन काम गरेको पाईएको हो।

तर गाउँपालिकाले भने दाउत निर्माण सेवाले ठेक्का लिएर कालोपत्रे गरिएको सो सडकमा प्राविधिक मूल्याङकन गर्न बाँकी रहेको जनाएको छ। ठेकेदारलाई भुक्तानी पनि नदिइएकाले सडकको गुणस्तरको अवस्था मापन गरेर अगाडी बढ्ने लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले जनाए।  साईकल चलाउदा समेत कालोपत्रे उप्किरहेको सो सडकमा कमसल काम भएको विषयमा प्रतिक्रिया माग्न खोज्दा दाउत निर्माण सेवाका सञ्चालक दाउत तामाङ भने गाउँपालिका कार्यालयबाटै वेपत्ता भएका थिए।

सडक पूर्वाधारमा निकै पछाडी रहेको लालझाडी गाउँपालिकाले पहिलो पटक कालोपत्रे गरेको तीन २६ मिटर सडकमै आर्थिक अनियमितता गरेर जनप्रतिनिधीले नै कमसल काम गरेपछि स्थानीय निराश भएका छन् भने अगामी दिनमा कार्यान्वयन हुने सडक योजनामा सशक्त खबरदारी गर्ने पाठ पनि सिकेको बताएका छन्।

पुनर्वासमा श्रीमानद्वारा बन्चरो प्रहार, श्रीमती घाइते


पुनर्वास,२६ पुस
    पुनर्वास-४ का रामबहादुर नेपालीले आफ्नै श्रीमति रीता नेपालीलाई आज बिहान १०.३० बजेतिर बन्चरो प्रहार गरि सख्त घाइते बनाएका छन । खुट्टामा प्रहार गरि श्रीमतिलाई घाइते बनाएपछि श्रीमान रामबहादुर नेपाली पुनर्वासको अस्थायी प्रहरी पोष्टमा आत्मसमर्पण गर्न गएका थिए । अहिले घाइते रिता नेपालीको आईबिआरडी स्थित पुनर्वास पोलिक्लिनिकमा उपचार भईरहेको छ भने दोषी रामबहादुरलाई ईलाका प्रहरी कार्यालय,त्रिभुवन बस्तीमा पठाईएको अस्थायी प्रहरी पोष्ट आईविआरडीका असई दान बहादुर साउदले जानकारी दिनुभएको छ । 


हामी यस घटना स्थलमा पुग्दा घाइते महिला यसरी नै छटपटाईरहेकी थिइन । हामीले सर्वप्रथम नजिकैको एम्बुलेन्सलाई खबर गर्यौ अनि प्रहरीलाई पनि जानकारी गराईदियौं । एम्बुलेन्स खबर गरेर ४ मिनेटमा घटनास्थल पुग्यो । त्यहि बिचको समयमा हामीले यो भिडियो खिचेका हौं । भिडियोमा प्रहरी आउदैछ रोक्नुस भन्ने शब्द त्यही उपस्थित एक जनाले बोल्नुभएको शब्द भिडियोमा रेकर्ड भएको छ । प्रहरी आएपछि मात्र उनलाई अस्पताल लैजाने जस्ता कुरा हामीले कदापि गर्न सक्दैनौं । उनलाई एम्बुलेन्सले हस्पिटल पुर्याएपछी प्रहरी हस्पिटल नै पुगेको थियो । 

भर्खरै रिलिज भएको नयाँ म्युजिक भिडियो तपाईंका लागि  

जापानको रोजगारीका विषयमा आएको हल्लाको पछि नलाग्न अनुरोध

काठमाडौं/२५ पुस
वैदेशिक रोजगार विभागले जापानको रोजगारीका विषयमा आएको हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । जापानमा कामदार पठाउने विषयमा अहिलेसम्म सरकाले कुनै निणर्य नगरेको भन्दै हल्लाको पछि नलाग्न विभागले आग्रह गरेको हो ।
व्यक्ति, कम्पनी तथा वैदेशिक रोजगार सञ्चालनका लागि इजाजत प्रात संस्थाले समेत जापानमा कामदार पठाउने श्रम अनुमति खुलेको भन्दै विज्ञापन गरेको प्रति ध्यानाकर्षण गर्दै विभागले सरकारी तबरबाट कुनै नर्णय नभएको प्रष्ट पारेको छ ।
जापान पठाउने भन्दै कुनै व्यक्ति, संस्था वा कम्पनीहरुले गरेको सबै क्रियाकलाप गैरकानुनी भएको विभागले जनाएको छ । सरकारले पछिल्लो समय सरकारी स्तरमा श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छलफल र संवाद मात्र गरिरहेको भन्दै विभागले युवालाई आग्रह गरेको हो ।
जापान रोजगारीमा पठाउने भन्दै राहदानी संकलन गर्ने व्यक्ति तथा संस्थामाथि कारबाही गर्ने विभागको सूचनामा उल्लेख गरेको छ । सरकारले यस विषयमा केही आधिकारिक निर्णय नगरेको पनि विभागको भनाइ छ ।

नेपालबाट भारतीय कामदारले लैजान्छन् वार्षिक ३ अर्ब डलर

काठमाडौं : नेपालबाट भारतीय कामदारले वार्षिक ३ अर्ब डलर बराबर रकम भारतमा पठाउने गरेका छन्। भारतमा बढी रेमिट्यान्स प्राप्त हुने देशहरुमध्ये नेपाल पहिलो ८ नम्बरमा पर्छ। भारतीयले क्यानडा र अस्ट्रेलियाबाट भारत पठाउने रेमिट्यान्स भन्दा बढी नेपालबाट भारतमा जाने गरेको छ।

विश्व बैंकको अध्ययन अनुसार भारत सन् २०१७ मा पनि बढी रेमिट्यान्स आर्जन गर्ने देशमा सूचिकृत भएको छ। भारतले सन् २०१७ मा ६९ अर्ब अमेरिकी डलर रेमिट्यान्स आर्जन गरेको थियो।

भारतले खाडी राष्ट्रहरूबाट बढी रेमिट्यान्स प्राप्त गर्ने गर्छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँग खाडीमा आपूर्ति हुने भारतीय कामदार र तिनीहरूले गर्ने आर्जन पनि वृद्धि भएका कारण सन् २०१७ मा बढी रेमिट्यान्स प्राप्त गर्नेमा भारत पहिलो बन्न सफल भएको हो।

भारतले सन् २०१७ मा सबैभन्दा बढी रेमिट्यान्स संयुक्त अरब इमिरेट्स (युएई) बाट १३.८ अर्ब अमेरिकी डलर प्राप्त गरेको थियो। युएईमा २८ लाख भारतीय काम गर्छन्।

त्यस्तै, ४५ लाख भारतीयहरू रहेको संयुक्त राज्य अमेरिकाबाट ११.७ अर्ब अमेरिकी डलर रेमिट्यान्स प्राप्त गरेको छ। साउदी अरेबियामा ३३ लाख भारतीय काम गर्छन्। साउदीबाट भारतले सन् २०१७ मा ११.२ अर्ब अमेरिकी डलर रेमिट्यान्स प्राप्त गरेको थियो।

झण्डै ९ लाख हाराहारीमा भारतीय काम गर्ने कुवेतबाट ४.६ अर्ब डलर रेमिट्यान्स भारत भित्रिएको थियो भने कतार र बेलायतबाट क्रमशः ४.१ अर्ब र ३.९ अर्ब अमेरिकी डलर रेमिट्यान्स प्राप्त भएको थियो। ८ लाख भारतीय काम गर्ने ओमनबाट ३.३ अर्ब अमेरिकी डलर भित्रिएको थियो।

नेपालमा ६ लाख जति भारतीयहरू काम गर्छन्। नेपालबाट ३ अर्ब अमेरिकी डलर भित्रिएको छ। नेपालमा काम गर्ने भारतीयहरूको प्रतिव्यक्ति आय (वार्षिक) ३४ लाख रुपैँया रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।

भारतले नेपालबाट लैजाने रेमिट्यान्स क्यानडा र अस्ट्रेलियाबाट जाने भन्दा बढी हो। क्यानडामा काम गर्ने १० लाख भारतीयले २.९ अर्ब अमेरिकी डलर भारत पठाएका छन्। अस्ट्रेलियाबाट ५ लाख भारतीयले काम गरेर सन् २०१७ मा २ अर्ब अमेरिकी डलर रेमिट्यान्स पठाएका छन्।

विश्व बैंकको प्रतिवेदन अनुसार, सन् २०१७ मा विश्वमै बढी रेमिट्यान्स प्राप्त गर्नेमा भारत (६९ अर्ब डलर), चीन (६४ अर्ब डलर) फिलिपिन्स (३३ अर्ब डलर), मेक्सिको (३१ अर्ब डलर), नाइजेरिया (२२ अर्ब डलर), इजिप्ट (२० अर्ब डलर), पाकिस्तान (२० अर्ब डलर), भियतनाम (१४ अर्ब डलर), बंगलादेश (१३ अर्ब डलर) र इण्डोनेसिया ९ अर्ब डलर रेमिट्यान्स प्राप्त गरेका छन्। नेपालले भने वार्षिक ६.५ अर्ब डलरको हाराहारीमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।

Wednesday, January 9, 2019

आयोजक सुप– ११ उद्घाटन खेलमै बाहिरियो मोफसलको सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप धनगढीमा सुरु

धनगढी
           गोलरक्षक दिप कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि मेची नेत्रालय काक्करभिट्टा ट्रेनिङ सेन्टरले तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को क्वाटरफाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आजदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम ११ क्लबलाई पराजित गर्दै मेची नेत्रालय अघिल्लो चरणमा पुगेको हो । निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि सडन डेथमा काक्करभित्ताले ७–६ को जित दर्ता गरेको हो ।
धनगढी रंगशालामा मंगलबार खेलको अधिकांश समय आक्रामक रणनीतिमा खेलेको घरेलु टोलीले गोल गर्न भने सकेन । खेलको दशौं मिनेटमा नै विनोद केसीको प्रहारमा राम्रो नियन्त्रण नहुँदा फुस्केको बलमा अब्दुल रहमानले गरेको प्रहार गोलरक्षक दीप कार्कीले सहजै बचाए । २३ औं मिनेटमा विनोद केसीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको भली प्रहारलाई गोलरक्षक दीपले उत्कृष्ट डाइभ दिएर विफल पारे । पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गियो ।
दोस्रो हाफको पाँचौ मिनेटमा चेतन थारुले गरेको हाफ भलीलाई गोलरक्षक दीपले बचाए । नवौं मिनेटमा भुषण लिम्बूको फ्रिकिकमा विकास राईको हेडरले पोस्टको दिशा लिन सकेन । खेलको अन्तिम समयमा विनोद केसीको प्रहार डिफेन्सलाई लागेर फर्कंदा रिबाउन्डमा आएको बलमा माधव भण्डारीले गोल गर्न सकेनन् ।

सडन डेथमा लावल ओलाकानको प्रहार अकासिएपछि काक्करभीट्टाको जित पक्का भएको थियो । त्यसअघि सडन डेथमा नै माधव भण्डारीको प्रहारलाई दिप कार्कीले उत्कृष्ट बचाउ गर्दै सुदूरलाई जित दर्ता गर्नबाट बाधक बने । दिपले त्यसअघि सुदूरका राकेश हमालको प्रहार पनि बचाएका थिए । सुदूरका लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिप तामाङ र चेतन कुमार थारुले गोल गरे । काक्करभीत्ताका भुषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दिप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे । कप्तान खामीर गिल्सान र लक्ष्मण जिसीको प्रहार भने गोल हुन सकेन ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका काक्करभित्ताका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ हात पारे । विजयी टोलीका प्रशिक्षक कर्ण थापा मगरले प्रशिक्षणको समय नपाउँदा खेलाडीमा समन्वय नभएको बताए । ’हामीले अधिकांश समय दबाबमा रहेपनि जित दर्ता गर्यौं । प्रशिक्षणको समय नपाउँदा टोलीमा समन्वयको कमि देखियो । अब तीन दिन समय पाएका छौं, प्रशिक्षणमा मिहनेत गरेर अर्को खेलको लागि तयार हुनेछौं ,’ उनले भने । त्यसअघि प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । विजेता टोली काक्करभित्ताले अब पुष २८ गते एपिएफको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार हुने खेलमा नेपाल पुलिस क्लबले मोरङ– ११ को सामना गर्नेछ ।

Tuesday, January 8, 2019

बेलौरीमा भएको प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी शान्तिको पोल्टामा

हरिश चन्द्र बाग, कञ्चनपुर
       कञ्चनपुरको बेलौरीमा सम्पन्न प्रथम नगर स्तरीय एवं ११ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शान्ति मावि, शान्तिपुर प्रथम भएको छ । बेलौरी नगरपालिकाको आयोजनामा बिहिबार देखि शुरु भई सोमबार सम्पन्न बेलौरी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ मा शान्ति मावि, शान्तिपुर ७ स्वर्ण, ५ रजत र ४ कास्य पदक सहित प्रथम भएको हो । त्यस्तै, ६ स्वर्ण र १ कास्य पदक सहित भगवानपुर मावि, भुडा द्विीतीय भएको छ भने ५ स्वर्ण, ८ रजत र ३ कास्य पदक सहित लक्ष्मी मावि, जब्दिया तृतीय भएको मूल आयोजक समितिका सदस्य सचिव अशोक पाण्डेयले बताउनु भयो ।

बेलौरी नगरपालिका भित्रका सामुदायिक, संस्थागत र निजी गरी माध्यमिक तहका २३ विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ३ कास्य पदक सहित ब्राइट स्टार बोर्डिङ स्कुल शान्तिपुर चौथो र ५ स्वर्ण, ४ रजत र ५ कास्य पदक सहित जनज्योति मावि, कलकत्ता पाचौँ भएको मूल आयोजक समितिका संयोजक श्याम कुमार पाण्डेयले जानकारी दिनुभयो ।

बेलौरीको खुल्ला मञ्चमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका कञ्चनपुर क्षेत्र नं. १ प्रदेश सभा ख का सांसद कुलबीर चौधरीले चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले बेलौरी भित्र माग भए अनुसार रु. ५० लाख बराबरको बजेट विनियोजन गरेको तर स्थानको पहिचान नखुलेको हुँदा त्यसमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले प्रथम नगर स्तरीय एवं ११ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रथम नगर स्तरीय एवं ११ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन कार्यक्रमका सभापति समेत रहनुभएका बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकार बनिसकेपछि पहिलो पटक स्थानीय सरकारलाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालनको अधिकार प्राप्त भएको र यसलाई उपलब्धीका रुपमा लिनुपर्ने बताउनु भयो । ५ दिन सम्म सञ्चालित प्रथम नगर स्तरीय एवं ११ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ठ खेलाडीहरुलाई बधाई दिँदै माथिल्लो तहका खेलका लागि पठाउँदा नगरपालिकाले पनि केहीनकेही सहयोग गर्ने समेत उहाँले बताउनु भएको छ । उहाँले कार्यक्रमलाई सहजताका साथ सम्पन्न गर्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ । समापन कार्यक्रमको सञ्चालन शिक्षक तेज बहादुर चन्दले गर्नुभएको थियो ।

Monday, January 7, 2019

लैजाने विषयमा छलफल गर्न जापानबाट प्राविधिक समूह आउने


 
काठमाडौं – नेपाली कामदार लैजाने विषयमा छलफल गर्न जापानबाट प्राविधिक समुह नेपाल आउने भएको छ । 
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग सोमबार भएको भेटमा नेपालका लागि जापानी राजदूत एच इ मासामिची साइगोले यसबारे जानकारी गराउनुभएको हो ।

भेटमा मन्त्री विष्ट र राजदूत साइगोबीच पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट नेपाली कामदार लैजाने विषयमा छलफल भएको छ । यसको लागि जापान सरकार सकारात्मक रहेको बताउँदै राजदूत साइगोले छलफलका लागि प्रविधिक टोली नेपाल आउने बताउनुभएको हो ।

भेटमा श्रम मन्त्री विष्टले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रक्रियालाई परदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

पारदर्शी रुपमा कामदारको सीप, क्षमता र दक्षताको आधारमा छनौट हुनुपर्ने भन्दै मन्त्री विष्टले कामदार जापान जाँदा कुनै मध्यस्थता वा बिचौलियाबाट ठगी नहोस् भन्ने विषयमा आफू सजग रहेको पनि बताउनुभएको थियो ।

बेलाैरी प्रथम माघी मेलाकाे सम्पुर्ण तयारी पुरा

हाम्रै साझा पत्रिका
बेलाैरी, पुस २३
     थारू कल्याणकारिणी सभाले अायाेजना गर्न लागि रहेकाे प्रथम बेलाैरी माघी मेलाकाे सम्पुर्ण तयारी पुरा भएकाे छ । यहि अाउँदाे पाैष २७ गते देखि बेलाैरीकाे खुला मञ्चमा प्रथम माघी मेलाकाे लगभग तयारी पूरा भैसकेकाे थाकस कञ्चनपुर जिल्ला सचिव तथा मूल अायाेजक समिति सदस्य सचिव रेशम चाैधरीले बताउनु भयाे । मेलाको मिडिया पार्टनरमा हाम्रै साझा पत्रिका समेत रहेको छ ।

पश्चिमा थारूहरूकाे महान पर्व माघी सँक्रान्तिकाे अवसर पारेर थारू कल्याणकारिणी सभा बेलाैरी नगर समितिले पुस २७ गते देखि कञ्चनपुरकाे बेलाैरीमा प्रथम बेलाैरी माघी मेलाकाे अायाेजना गर्ने भएकाे छ। थारू एकता हमार सान , शिक्षा भाषा सँस्कृती पाैर्हैना हमार अभियान भन्ने मुल नाराका साथ बेलाैरीमा पहिलाे पटक बृहत् कार्यक्रमका साथ प्रथम बेलाैरी माघी कार्यक्रमकाे अायाेजना गरिन लागेकाे प्रचार प्रसार सँयाेजक कृष्ण गम्वाले जानकारी दिनुभयाे।

जातिय पहिचान, भाषा, धर्म तथा सँस्कृतीकाे जगेर्ना तथा प्रचार प्रसार गर्ने मुख्य उदेश्यले कार्यक्रमकाे अायाेजना गरिएकाे अायाेजकले जनाएकाे छ। माघी मेला पुस २७ गते देखि २९ गते सम्म तीन दिन सञ्चालन हुनेछ। कार्यक्रम सफल बनाउन विभिन्न उप समिति पनि गठन गरिएकाे छ।
कार्यक्रम सफल बनाउन विभिन्न एघार अाेटा उपसमिति गठन गरिएकाे छ।
माघी मेलामा थारू खानाका परिकार बँगुरकाे मासु, माछा, ढिक्रि, सिन्की, बयरकाे चटनी, तिलकाे अचार, जाँडकाे झाेल अादी उपलब्ध गराईने अायाेजकले बताएकाे छ। साथै कार्यक्रम अवधि भर थारू समुदायकाे कला सँस्कृती झल्किने झाँकी, मघाैटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाच, थारू तथा गैर थारू कलाकारहरूकाे समेत प्रस्तुती रहने अायाेजकले जनाएकाे छ। कार्यक्रमकाे उद्घाटन नेपाल सरकारका खाने पानी मन्त्री बीना मगरले गर्ने थारू कल्याणकारिणी सभा बेलाैरी नगर सँयाेजक खड्ग बहादुर चाैधरीले जानकरी गराउनु भयाे। तीन दिन सम्म चल्ने उक्त कार्यक्रम अबधिभर बेल्डाँडी, बेलाैरी र पुनर्वासका गरि दस हजार भन्दा बढीले कार्यक्रमकाे अवलाेकन गर्ने अायाेजकले बताएकाे छ।

ज्येष्ठ नागरिकको भोगाइबाट हामीले धेरै सिक्नुछ : नगरप्रमुख पोतिलाल चौधरी

जेष्ठ नागरिक समन्वय समितीद्वारा ब्ल्याङकेट वितरण
लाल बहादुर एसके
बेलौरी, पुस २३
        जनताको लोकप्रियता कमाएका बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी ज्येष्ठ नागरिक प्रति स्नेहि बनेका छन । उनकै नगर बेलौरी नगरपालिका वडा नम्बर ७ मा वडास्तरीय जेष्ठ नागरिक समन्वय समितीले आयोजना गरेको कार्यक्रममा सोमबार बरैयाको गणेश माध्यमिक विद्यालयमा सामाजिक सुरक्षा भत्ता समेत पाइरहेका ज्येष्ठ नागरिकहरुलाई ब्ल्याङकेट वितरण गरिएको छ ।


 कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले ज्येष्ठ नागरिकहरुमा धेरै अनुभवका रहेको स्मरण गर्दै उहाँहरुबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई अत्यन्तै माया र सम्मान गर्नुपर्ने धारण व्यक्त गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकको हेरचाह र स्याहारमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक ज्येष्ठ नागरिकहरुको आफ्नो सम्मानपुर्ण धारण रहेको जिकिर गर्नुभयो । ज्येष्ठ नागरिकलाई आवस्यक पर्ने अन्य सेवासुविधामा पनि नगरपालिका सदैव सकारात्मक रहेको बताउनुभयो ।
उहाँले वडाद्वारा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई सानैभएपनी ब्ल्याङकेट वितरण गर्न पाउँदा खुशी महसुस भएको बताउनुभयो ।
वडा नम्बर ७ का वडाअध्यक्ष प्रकाश श्रेष्ठले समेत ज्येष्ठ नागरिकहरुको अनुभवबाट धेरै कुरा सिक्न सकिने, उहाँले देशको राजनैतिक परिवर्तन देखि हरेको संघर्षमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै सम्मान र स्नेहपुर्ण व्यवहार गर्नुपर्ने बताउनुभयो । जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष पदम चन्दको सभापतित्वमा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथीहरु वडाअध्यक्ष प्रकाश श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली, शाखा अधिकृत भोज बहदुर ऐडी, प्रहरी निरीक्षक चुडामणी पुन लगायतको उपस्थिति रहेको थियो ।

 
लाल बहादुर एसके हाम्रै साझा पत्रिकाका कार्यकारी प्रवन्धक हुन । 
____________________________________________

विज्ञापन, शुभकामना तथा समवेदना, श्रद्धाञ्जली स्तम्भ

               

Sunday, January 6, 2019

मिलन कृषक समूहको १७ औं बार्षिक साधारणसभा सम्पन्न

हाम्रै साझा पत्रिका
शहिद गोविन्द गौतम टोल, पुस २१
     कञ्चनपुरको पुनर्वास नगरपालिका वडानम्बर ४ को शहिद गोविन्द गौतम टोलमा सञ्चालनमा रहेको मिलन कृषक समूहले आफ्नो १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
शनिबार बार्षिक साधारण सभा कार्यक्रममा वडाका वडाअध्यक्ष प्रेम बहादुर बस्नेत प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि बस्नेतले कृषक समुहबाट भईरहेको बचत, लगानी तथा कृषि कामको खुलेर प्रसंसा गर्नुभयो । उहाँले वडाबाट हुनसक्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । वडाअध्यक्षले यस समूहलाई अझै सफलताको शुभकामना दिनुभयो ।

२६ जना सदस्य रहेको यस समुहले यस बर्ष मात्र ब्याज २ लाख त्रियासी हजार ५ सय नब्बे रुपैयाँ, बैंक ब्याज ९ हजार ८ सय ७ रुपैयाँ, सेवा शुल्क २ हजार ४ सय तीस गरि जम्मा कुल आम्दानी २ लाख छयानब्बे हजार एकानब्बे आम्दानी भएको समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रेम लाल सापकोटाले बताउनुभयो । समुहले हालसम्म मुनाफा सहित बीस लाख उन्सतरी हजार ६ सय बचत गर्न सफल भएको छ । कृषक हक हितका लागि सुरु गरिएको यस कृषक समूहले पुनर्वासको कृषि सेवा केन्द्रबाट प्रयाप्त सहयोग पाउन सकेको छैन । कार्यक्रमलाई गणेश लामिछानेले सञ्चालन गर्नुभएको थियो ।

गर्भधारणको लागि महिलाहरुलाई सबैभन्दा उपयुक्त समय, दिन र उमेर कुन हो ? जानी राखौ


गर्भधारणको लागि हरदिन सामान्य हुँदैन । केहि दिन विशेष दिन यस्तो हुन्छ जब महिलाहरु गर्भवती हुने सम्भवना धेरै हुन्छ । यस्तो समयलाई महिलाको फर्टाइल स्टेज भन्ने गरिन्छ । यस समय यौन सम्बन्ध भएमा महिलाहरु गर्भधारण हुने सम्भावना बढ्छ ।
गर्भधारणको लागि महिलाहरुलाई सबैभन्दा उपयुक्त समय वा दिन कुन ?
आमा बन्नु सहज कुरा होइन । धेरै कारणले केहि महिलाहरु आमा बन्न सक्दैनन् वा गर्भधारण गर्न सक्दैनन् । यदी तपाइले केहि सानातिना तर महत्वपूर्ण कुराहरुलाई ख्याल गर्नु भएमा तपाइँ सहजै गर्भधारण गर्न सक्नुहुन्छ ।।

गर्भधारण गर्नको लागि केहि कुराहरुको ज्ञान हुनु जरुरी हुन्छ जस्तो कि:

– गर्भधारणको लागि केवल सेक्स जरूरी होइन किनकी कुन समय तपाई सेक्स गर्दै हुनुहुन्छ यो कुरा पनि महत्वपूर्ण छ ।
– सफल गर्भधारण गर्नको लागि ओवुलेशन पीरियडको जानकारी पनि जरुरी हुन्छ ।
– गर्भधारण गर्नको लागि दिनभर कुनै पनि समय उचित हुन्छ ।
– गर्भधारणसंग सम्बन्धित शोध अनुसार यो कुरा थाहा हुन्छ कि जुन महिलाले सेक्सको क्रममा उत्तेजित हुन्छन् तब गर्भधारणको संभावना निकै हुन्छ ।
गर्भधारणको समयबारे जानकारी
पुरुषको शुक्राणु जब महिलाको गर्भमा प्रवेश गर्छ तब गर्भधारण हुन्छ । पुरुषको शुक्राणु महिलाको अंडाणुमा पुगेर जब सफल निषेचन गर्छ तब गर्भधारण हुन्छ ।
यदी तपाइको बिबाह भएको धेरै समय भएको छ तर फेरी पनि तपाइँ गर्भधारण हुनुभएको छैन भने गर्भधारणको प्रयास गर्नु अघि तपाई दुवै पति-पत्नीले आफ्नो शारीरिक परीक्षण गर्न पर्ने हुनसक्छ । यसबाट यो कुरा थाहा हुन्छ कि तपाइँहरुको समस्या के हो ?
यदी तपाइँ यो जान्न चाहनुहुन्छ कि महिनावारी भएपछी कुन दिन गर्भधारणको लागि सबैभन्दा उपयुक्त हुन्छ, यो लेख तपाइको लागि नै हो ।

महिनावारीपछि गर्भवती हुने सम्भावना

महिनावारी भएको ६ दिन पछि ७ दिनसम्म गर्भवती हुने सम्भावना रहन्छ । महिनावारी सुरु भएको ६ दिनपछी सेक्स गर्दा त्यस लगत्तै ७/८ दिनसम्मको समय गर्भ बस्ने सम्भावना उच्च हुन्छ ।
यदी तपाई कुनै ख्याल नगरी दिन बिराएर सम्बन्ध राख्नुहुन्छ भने पनि गर्भधारणको सम्भावना बढ्छ । श्रीमतीको उत्तेजना बिना श्रीमान आफु सन्तुष्ट बन्न मात्र सेक्स गर्छ भने गर्वाधानको सम्भावना समेत घट्छ ।
सेक्स गर्दा श्रीमती निकै कामुक रुपमा यौन आनन्द लिईरहेकी छन् भने त्यस्तो अवस्थामा गर्वाधान हुने सम्भावना निकै बढी हुने सोधकर्ताहरुले जनाएका छन् ।
यदी तश्विर अनुसार हेर्नुहुन्छ भने महिनावारी भएको ६/७ दिन पछीदेखि १४ दिनसम्म गर्वाधान हुने सम्भावना बढ्दै गएको देख्न सकिन्छ, यसको मतलव यस समय हर्मोनको मात्रा अन्य समयभन्दा बढी हुन्छ, यस अवधिमा संसर्ग हुँदा गर्वाधानको सम्भावना उच्च हुन्छ ।

गर्भधारणमा उमेरको महत्व

चार्ट अनुसार हेर्नुहोस् = २० देखि ३४ बर्षको उमेर गर्ववती हुनेहरुको लागि निकै राम्रो % मा देखाएको छ ।
गर्भधारण गर्नको लागि उमेरले पनि बिशेष महत्व राक्छ । गर्भवती हुनको लागि सबैभन्दा उपयुक्त उमेर २२ देखि २९ बर्षको बीचलाई मानिन्छ । विवाहलाई लिएर आजकाल मानिसहरुको सोच बदलिएको छ । आजभोली विवाहको औसत उमेर ३० बर्ष मानिन्छ तर यो उमेरपछी गर्भधारण गर्नको लागि २२-२९ बर्षजति उपयुक्त हुँदैन ।
उमेर ढल्केपछी गर्भधारण हुने सम्भावना कम हुँदै जाने हुँदा पनि समस्या निम्तन सक्छ । त्यसो त ढल्कँदो उमेरमा हुने गर्वले आमा वा बच्चाको स्वास्थ्य वा सारीरिक कष्टको समेत समस्या आउने गरेको बताइन्छ ।
महिलाको २५ बर्षको उमेर शारीरिक र मानसिक रूपमा गर्भवती हुनको लागि सबैभन्दा उपयुक्त उमेर मानिन्छ । २२ देखि २९ बर्ष सम्मलाई निकै उपयुक्त उमेर मानिने भएपनि साधारणतया गर्भधारणको लागि १८ बर्षदेखि ३५ बर्षसम्मको उमेर पनि उपयुक्त मान्ने गरिन्छ ।
तर २० बर्ष पछी मात्र गर्वधारण गर्नु डाक्टरहरुको सल्लाह हुन्छ भने ३५ बर्ष हुनु अगावै गर्व बोक्न सल्लाह दिने गरिन्छ ।
शिशु रोग विशेषज्ञहरुको अनुसार जो महिला ३५ वर्षको उमेरपछी गर्भधारण गर्छन उनीहरुको शिशु जन्मेपछी कयौं विरामी वा रोगको सिकार बन्न सक्छन ।

Friday, January 4, 2019

मोडल रोबर्ट बडैलाको हजार चोट युट्युबमा सार्वजनिक

हाम्रै साझा पत्रिका
काठमाडौ, पुस २०

     पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त मोडेल रोबर्ट सिं बडैलाको अङ्ग्रेजी नया बर्ष २०१९ मा  हजार चोट नामक आधुनिक गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द रित कुवर श्रेष्ठ स्वर अनिता कुवर संगित अजुमी कुवर एरेन्ज अर्जुन कौसल र  लअभिनय रोबर्ट सिं बडैला सबिना कार्की डिम्पल ठकुरी को उक्ता भिडियोको छायांकन मुकेश हुमागाँइ र सम्पादन अमृत चापागाईंले र निर्देशन शिशिर श्रेष्ठले गरेका छन । त्रीकोणात्म प्रेम कथामा आधारित उक्त भिडियो धोका र बिश्वासको कुरालाइ देखाउन खोजिएको छ ।

म्युजिक भिडियो हेर्नका लागि यस link लाई खोल्नुहोस
https://youtu.be/3UdI-72jIv0