Friday, November 20, 2020
आजको राशिफल/ आज वि.सं. २०७७ मङ्सिर ०५ गते शुक्रबार तदनुसार ई. सं. २०२० नोभेम्बर २० तारिख
Thursday, November 19, 2020
पुनर्वासका युवा भारतीय जङ्गलमा मृत फेला
Wednesday, November 18, 2020
१० दिनपछि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक
काठमाडौ, ३ मङ्सिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । सचिवालय बैठक बस्ने वा नबस्ने अनिश्चितता बिच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनका लागि स्थगित भएको छ ।
थप गृहकार्य आवश्यक भएको भन्दै १० दिन स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अर्काे बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पनि छुट्टै प्रस्ताव तयार गरी पेस गर्ने जानकारी सचिवालयलाई गराएको प्रवक्ता श्रेष्ठले बताए । अब १३ गते बस्ने बैठकमा यसअघि आएका प्रस्ताव र केपी ओलीले प्रस्तुत गर्ने प्रस्तावमा पनि छलफल हुने उनले जानकारी दिए ।
१८ गते स्थायी कमिटीको बैठक बोलाउने र १५ गतेका लागि सारिएको केन्द्रीय समितिको बैठक २५ गतेका लागि सार्ने निर्णय आजको सचिवालय बैठकमा गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
Tuesday, November 17, 2020
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु दुईको उपचार हुँदै
Monday, November 16, 2020
आजको राशिफल ( वि. सं. २०७७ मङ्सिर १, सोमबार)
आज भाइटीकाको उत्तम साइत ११ः३७ मा
Sunday, November 15, 2020
लक्ष्मी पूजामा विद्युत माग घट्यो
आजको राशिफल/आज वि.सं.२०७७ साल कार्तिक ३० गते आईतबार ।
आजको राशिफल/आज वि.सं.२०७७ साल कार्तिक ३० गते आईतबार । ईश्वी सन् २०२० नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–औशी,१२ घडी ३३ पला,बिहान ११ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–विशाखा,३२ घडी ०६ पला,बेलुकी ०७ बजेर १६ मिनेट उप्रान्त अनुराधा । योग–शोभन । करण–नाग,बिहान ११ बजेर २७ मिनेट उप्रान्त किंस्तुध्न,बेलुकी १० बजेर १८ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–तुला,दिउसो १ बजेर ४० मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २६ घडी ४९ पला । म्ह पूजा । गाई –गोरु तिहार ।
Saturday, November 14, 2020
बाँसगढिमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्ती तथा कवि गोष्ठी सम्पन्न !
कृष्ण बा बुढा कार्तिक २९ बर्दिया /नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती तथा गोष्ठी कवि आज बाँसगाढी को बाँसगढी बहुमुखी क्याम्पस को सभा हल मा सम्मपन्न गरिएको छ । बाँसगढि बहुमुखी क्याम्पसको आयोजनामा गोष्ठी गरिएको हो । टुकनाथ भुसालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी महेन्द्र बहुमुखी क्याम्पसका सहाय प्रमुख इन्द्र भन्डारी हुनुहुन्थ्यो। साथै अतिथिहरुमा पुर्णिमा साहित्य प्रतिस्ठानका अध्यक्ष महान्द ढकाल लगाएत अन्य साहित्यकरहरु र पत्रकार लगाएत को बाक्लो उपस्थित रहेको थियो ।
उक्त कार्यक्रम मा आफ्ना भनाइ राख्दै प्रमुख अतिथी इन्द्र भन्डारीले दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाले साहित्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो। उहाँले देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविताहरुको स्मरण गर्दै तिनले नेपाली साहित्य मा पुर्याएको योगदान नेपाली साहित्यक जगतकै उच्च स्थानमा रहेको बताउनु भयो । साथै उहाँले देवकोटाले १०० भन्दा बढी कृतिका माध्यमबाटनेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको जिकिर गर्नु भयो। स्मरण रहोस नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । कार्यक्रमा साहित्यकारहरुले आफ्ना कविता तथा रचनाहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा बोल्ने वक्ताहरुले अब यस क्षेत्रमा पनि साहित्य लाई जगेर्ना गर्नको लागि आवश्यक कदम चाल्नु पर्न बताए । कार्यक्रम संयोजक ईश्वरि रिजालले सबैलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण हरि सुवेदिले गर्नु भएको थियो
सीमानाका थप एक महिनाका लागि प्रतिबन्ध!
कार्तिक २८ नेपालगसंग जोडिएको सीमानाका लाई थप एक महिनाका लागि बन्द गरिरहन लम्बाइएकोछ । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै थप एक महिनाका लागि प्रतिबन्ध लगाएको हो । कोरोना कहर सुरु भए संगै बन्द भयका सिमाना बिस्तारै खुल्ने संकेत देखियपनि सरकारको निर्णयले एक महिना अझै बन्द रहने भएको छ । सरकारको यो निर्णयसगैं नेपालसंग जोडिएको अन्तराष्ट्रिय सीमानाकामा थप कडाईका साथ आगामी मंसिर ३० गतेसम्म प्रतिबन्ध लम्बाएकोे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री पार्वत गुरुङले सीमानाका बन्द सम्बन्धि जानकारी गराएका हुन् । सरकारले यसअघि कात्तिक ३० गतेसम्म सीमानाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाएकोछ ।
Friday, November 13, 2020
मंसिर २ गते पनि सार्वजनिक विदा

सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषदबाट भएको गृह मन्त्रालयले जनाएको छ ।
यो वर्ष तिहारमा तिथि विवाद छ ।नेपाल पञ्चाङ्ग निर्णायकले यसवर्ष कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाई/गोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते गोवर्द्धन पूजा तथा भाइपूजा तोकेको छ ।
२९ गते दिउँसो १ः४९ बजेदेखि ३० गते बिहान ११ः२७ बजेसम्म औँशी तिथि रहन्छ । त्यसैले कात्तिक २९ गते लक्ष्मीपूजा गर्नु उपयुक्त हुन्छ ।तर नेवाः समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताएका छन् । यसोगर्दा ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजापूजा (भाइटीका) गर्नुपर्छ ।उनीहरुलाई सम्बोधन गर्न सरकारले २ मंसिरमा पनि बिदा दिने निर्णय गरेको हो ।
नारायणी नदीमा हाम फालेकी एक युवतीको सकुसल उद्धार!
कात्तिक २८ चितवन स्थित पुलबाट नारायणी नदीमा हाम फालेकी एक युवतीलाई प्रहरीले सकुसल उद्धार गरेको छ । बिहीबार दिउँसो ३ बजेतिर २२ वर्षीय युवतीले नारायणी नदीको पुलबाट नारायणी नदिमा हाम फालेकी थिइन । हाम फालेको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक रघु बिष्टको कमाण्डमा उद्दार टोलि खटिई उनको सकुसल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ति युवतीको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।




