Wednesday, April 27, 2022

आगामी जेठ १ बाट हप्तामा दुईदिन विदा


 काठमाण्डाै/ आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 
हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

हप्तामा दुई दिन बिदा दिएपछि अरू दिन भने बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय कायम गरेको मन्त्री कार्कीले बताउनुभयो । यो बिदा परीक्षणका रूपमा रहने उहाँले बताउनुभयो । 

Monday, April 25, 2022

पुनर्वासमा समाजवादी माओवादीको संयुक्त उम्मेदवारी, मेयरमा पुन: जीवनराज थापा


कञ्चनपुर/पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त साझा उम्मेदवार अघि सारेको छ । त्यसैगरी मेयरमा एकीकृत समाजवादी तर्फबाट पुन: जीवराज थापालाई अगाडी सारीएको छ ।  दुवै पार्टीविच भएको सहमती अनुरुप
उम्मेदवारी दर्ता गराईएको हो । त्यसैगरी माओवादीका तर्फबाट उपमेयर धोखे रानालाई अगाडी सारीएको छ । वडाध्यक्षमा क्रमश: वडानम्बर १ देखि ११सम्म प्रताप चन्द,मानसिह सार्की, कृष्ण बहादुर तामाङ्ग, प्रेम बस्नेत,धर्मेन्द्र जेठारा, लाल ब. बोहरा, जीतराज तामाङ्ग, हरिशचन्द्र अधिकारी, नर ब. विक, सुकदेव राना र बलिराम चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।

Saturday, April 2, 2022

आजको राशिफल/आज २०७८ साल चैत महिनाको १९ गते शनिवार को राशिफल



मेष

मेष (चु, चे,, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर सहयोगी र नातागोताको साथ मिल्नेछ । वैदेशिक काम पनि बन्न सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कमहरू आगाडि बढ्नेछन्, तर व्यापारबाट भने सोचेजस्तो लाभ नमिल्न सक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी पनि हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कार्यको योजना या थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथ पनि मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सम्मान प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समाज र राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनसक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्व अध्ययन अध्यापनमा सफलता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ । 

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।