Sunday, October 29, 2023

ढुंगा प्रहार गरि छोराले गरे बुवाको हत्या

 कैलाली/कैलालीमा ढुंगा प्रहार गरि एक जना छोराले बुवाको हत्या गरेका छन् । जानकी गाउँपालिका वडा नम्बर ३ लाइकपुर बस्ने २५ वर्षीय गणेश चौधरीले बुवा ४५ वर्षीय हिरासिंह चौधरीको हत्या गरेको प्रहरीले बताएका छन।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले घरायसी विवादको क्रममा ढुङ्गा प्रहार गर्दा हिराको घरकै आँगनमा मृत्यु भएको हो ।
उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Tuesday, October 17, 2023

पुनर्वासबाट अफिम सहित पक्राउ परेका जोगा सिंह को हुन?

कञ्चनपुर/३० असोज ।
पुनर्वासबाट अफिमसहित  पक्राउ परेका जोगा सिंह भारतीय नागरिक भएको खुलेको छ । भारतको उत्तर प्रदेश गोला घर भएका ५२ वर्षीय जोगा सिंहलाई शनिबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती मातहतको खड्डा प्रहरी चौकीले पुनर्वास नगरपालिका–९ बिचफाँटाबाट पक्राउ गरेको थियो ।अफिम जस्तो देखिने कालो पदार्थ  सहित पक्राउ परेको प्रहरीले जनाएको छ।
 प्रहरीले उनलाई हिरासतमै राखी अनुसन्धान गरिरहेको जनाएको छ।
पक्राउ परेका भारतीय नागरिकले आफू सुगरको बिमारी भएका कारण बिचफाँटाबाटै सो पदार्थ खरिद गरेको बयान दिएको प्रहरीको भनाई छ।
‘अफिम भन्ने खुलेको छ। हामी परीक्षणका लागि पनि पठाउँछौ,’ ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले भने, ‘अहिले अनुसन्धानमै छौं। अफिम भएको पुष्टि भएमा त्यही अनुसार कारबाही गछौं।’

 


Thursday, October 12, 2023

बेलौरीमा निल गाई मृत अवस्थामा फेला पर्‍यो


कञ्चनपुर/बेलौरीमा निल गाई मृत अवस्थामा फेला परेको छ। बेलौरी नगरपालिका-१ मटैयामा आज आइतवार बिहान ८ बजे निल गाई मृत अवस्थामा फेला परेको हो। उक्त भाले निल गाई मृत अवस्थामा फेला परेको कुण्डा सव डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले बताए।
उक्त मृत निल गाईलाई स्थानीय जनप्रतिनिधि,सुरक्षाकर्मि लगायत स्थानीयको रोहवरमा खाल्डोमा गाडिएको हो। अनुसन्धान जारी राख्दै उक्त मृत निल गाईलाई स्थानीय जनप्रतिनिधि,सुरक्षाकर्मि,स्थानीय लगाएतको रोहवरमा खाल्डो खनेर गाडिएको कुण्डा सब डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले बताएका छन्।







बझाङ पुन: भुकम्प आयो

 बझाङ/२५ असोज ।
बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। गएराति चैनपुर आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
मध्ये राति १२ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पबाट भएको कुनै क्षतिको विवरण प्राप्त भएको छैन।
बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत मंगलवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसपछि बझाङमा बारम्बार पराकम्पहरू गइरहेका छन्।