समितिबाट राजीनामा दिनुपर्नाका कारण बारे सदस्य केसीसँग गरेको कुराकानीः
निर्मला हत्याकान्ड अनुसन्धानको उच्चस्तरीय समितिमा हुनुहुन्थ्यो ? के कुरामा असहमति राखेर राजीनामा गर्नुभयो ?
पुनर्वास,भदौ २६।
कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेरसिंह कडायतका अनुसार डीएनए रिपोर्ट नमिलेपछि उनी साधारण तारेखमा छुटेका हुन् । यस्तै निर्मलाकी साथी भनिएकी रोशनी बम पनि साधारण तारेखमा रिहा भएकी छन् भने उनी दिदी बबिता बम ३० हजार धरौटीमा रिहा भएकी छन् ।
कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले दिलिपसिंहलाई फसाउन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । आन्दोलनमा गोली चलाउँदा शनि खुनाको ज्यान गएको थियो । तत्कालीन एपपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरीले अनुसन्धानमा त्रुटि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।
कृष्णमुरारी भण्डारी
कञ्चनपुरकी बालिका निर्मला पन्तको एक महिनाअघि भएको बलात्कार र हत्याले पूरै देशलाई तताइरहेको छ। त्यसपछि भएका हत्या बलात्कारका घटनाले आगोमा घियु थपिरहेछन् । समस्या झन् जटिल बन्दैछ।
दोषीहरू पक्राउ परेर मुद्दा अदालतमा पुगिसक्नुपर्ने समयमा केस उल्टो पुलिसमै अलमलिनु पछाडिका कारण झन् डरलाग्दा देखिँदैछन् । अपराधी जोगाउन प्रहरी–प्रशासनकै संलग्नताले लहरो तान्दा पहरो गर्जन थालेको छ । पुलिस नै नक्कली दोषी खडा गरेर नग्न रूपमा अपराधी जोगाउन लागेपछि कानुनी राजको बर्को च्यातिएको छ।
कञ्चनपुरमा भएको निन्दनीय र जघन्य अपराधपछि प्रहरी–प्रशासनले ओढेको शान्ति, सेवा, सुरक्षा भन्ने गम्छा पूरै च्यातिएको छ । अहिले जस्तै धरापमा ३८ वर्षअघि पोखरामा राजा वीरेन्द्रको सरकार परेको थियो । अहिले पनि आंगका रौँ नै ठडिने बलात्कारको उदाहरण दिनुप¥यो भने पोखरामा निमोठिएका दुई दुई किशोरी नमिता–सुनिता हत्याकाण्ड कुख्यात छ।
बलात्कार र हत्याको केसमा प्रहरीबाट भइरहेको खोजी र अनुसन्धान आफैँ विवादको घेरामा परेको छ।
उक्त काण्डमा त्यतिबेलाको सरकार, राजा वीरेन्द्रका भाइ धीरेन्द्र, वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रकी पत्नी कोमल शाहको भाइ उदय शमशेर, राजाकी दिदी बिहे गरेका कुमार खड्गविक्रमका भाइ नीर शाह र होटल व्यवसायी विनोदशंकर श्रेष्ठ जिम्मेवार रहेका थिए।
बहुचर्चित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठले त पछि ‘राजदरबार हत्याकाण्ड अघि दबाइएको अर्को हत्याकाण्ड’ नामक किताब नै लेखेर प्रकाशनमा ल्याए।
नमिता–सुनिता हत्याकाण्डको नृशंसता के भने, दुवै बालिका काठमाडौँका उच्च सरकारी सेवामा रहेका सहसचिवका छोरी थिए । उनीहरू पोखराकै साथी निरा पराजुलीसँग त्यहाँ डुल्न गएका थिए । तीनै जनालाई बलात्कार गरी अभियुक्तहरूले मारेर सेती नदीको खोँचमा फालिदिए । त्यो जघन्य अपराधका साक्षी वनपाले चूडामणि अधिकारी रहेछन् । उनलाई प्रहरीले सोधपुछका लागि भनेर लग्यो । तर सत्यतथ्य बाहिर आउनुको बदला उनले आत्महत्या गरे भनेर पुलिस प्रस्तुत भयो।
उनको लास पनि सेती नदीमै फेला फालियो । पुलिसले पक्राउ गरेर लगेको कर्मचारी नै मारिएपछि घटना साम्य हुनुको बदला झन् चर्कियो । सत्ता र शक्तिको आडमा घटनालाई बलजफ्ती दबाउन खोजियो । राजदरबारको संलग्नता भएकाले नमिता–सुनिताका बाबुआमा र परिवारले पनि कहीँकतै चाइँचुइँ गर्न सकेनन् । आँसु पिइरहे।
सत्तामा पुगेकाहरू जिम्मेवार हुनुपर्छ । यसैका लागि उनीहरूलाई गरिब जनताले तिरेको करबाट तलब, भत्ता र यथेष्ट सुविधा दिइएको हो ।
तर राजाको कुशासनको विरुद्धमा भुसको आगोझैँ यो काण्ड जलिरह्यो । अहिले निर्मला पन्तको बलात्कार र निर्मम हत्याले ०३९ सालमा भएको नमिता–सुनिता हत्याकाण्डलाई सम्झाइ दिएको छ । प्रहरी संगठन आफैँ मात्र होइन, उसको अनुसन्धानमा समेत गम्भीर सवालहरू उत्पन्न भएर प्रहरी नै अपराधीहरूको घेराउमा परेको पुष्टि भएको छ।
बलात्कार र हत्या नयाँ अपराध होइनन् । परापूर्वकालदेखि यो घृणित अपराध आततायी अपराधीहरूले गरिरहेका छन् । अमेरिका–युरोपमा पनि बलात्कार भइरहन्छन् । तर बिर्सन नहुने कुरा के भने यो अपराध एकदमै कठोर र अक्षम्य अपराध मानिन्छ र दोषीलाई हदैसम्मको कठोर दण्ड–सजाय गरिन्छ ।
नेपालमा संविधानले मृत्युदण्डलाई उन्मूलन गरे पनि बलात्कारीलाई मृत्युदण्ड दिने माग जोडतोडले उठ्दै छ । ०७५ भदौ १ गतेदेखि कार्यान्वयन भएको मुलुकी अपराध संहिताले बलात्कारलाई आजीवन काराबासको सजाय दिइने व्यवस्था गरेको छ । यो अत्यन्त कठोर दण्डनीय अपराध भए पनि बलात्कारका घटनाहरू दिन परदिन बढिरहेकै छन् । साना काखे नानीहरूदेखि हजुरआमाको उमेरका महिलाहरूमाथि निशृंस रूपमा बलात्कार गर्ने नरपिचासहरू निस्किरहेका छन्।
कञ्चनपुरमा भएको निर्मलामाथिको बलात्कार र हत्याका दोषीमाथि कानुनी कारबाहीका लागि प्रहरीबाट भइरहेको खोजी र अनुसन्धान आफैँ विवादको घेरामा परेको छ । प्रहरीले सुस्त मनस्थितिका दिलीप भन्ने स्थानीय व्यक्तिलाई दोषीका रूपमा पक्राउ गरेको देखाएर मुख्य अपराधीलाई जोगाएको आरोप स्थानीयले लगाएका छन्।
जो रक्षक, उही भक्षक भएको आरोपमा प्रहरी–प्रशासनविरुद्ध स्थानीय जनताले सदरमुकाम महेन्द्रनगरमा विरोध प्रदर्शन आयोजना गरेर दोषीमाथि कारबाहीको माग गरे । सडकमा उत्रिए । त्यसक्रममा अर्का किशोर सन्नी खुनाको प्रहरीको गोलीबाट मृत्यु भयो । अन्य घाइते भई अस्पताल भर्ना भएका छन् । महेन्द्रनगरमा प्रशासनले पटकपटक कफ्र्यु नै जारी गरिरहेछ।
जनताको बृहत् प्रदर्शनीपछि गृह मन्त्रालयले जिल्लाका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ । डिएसपी र इन्सपेक्टर प्रहरी हेडक्वाटर तानिए । प्रहरी–प्रशासनको साख आमजनतामा सोत्राम्मै गुम्यो । रक्षक नै भक्षक भएको सन्देश घरघरमा पुगेको छ । आमजनता खुलेआम भनिरहेका र सञ्चारमाध्यमले लेखिरहेका छन्– प्रहरीले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजो र एसपी डिल्लीराज विष्टको छोरालाई बलात्कार र हत्याको आरोपबाट बचाउन प्रहरी–प्रशासनको साँठगाँठमा एक पागललाई नक्कली अभियुक्त बनाएको आरोप स्थानीय जनताले लगाएका छन् । यसले प्रहरी र गृह प्रशासनको साख क्षतिपूर्ति नै नहुने गरी गिरेको छ।
यसपछि मात्र बाध्य भएर केन्द्र सरकारले सहसचिवको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गरेको हो । तर छानबिन समितिले अध्ययन गर्ने घटनास्थल, वस्तुस्थिति वर्षा मात्र होइन, एक महिना बढी समयको ढिलाइपछि प्रमाणहरू मेटिइसकेका छन् । त्यसबाहेक दोषीहरूले भाग्ने र प्रमुख दसी प्रमाणहरू नष्ट गर्ने लामो समय पाएकाले अझै घटना थप जटिल बनाउन सक्छन्।
तर सबैभन्दा जटिल भनेको एकातिर अपराधको अनुसन्धान हो भने त्यसभन्दा महत्वपूर्ण संघीय नेपालमा केन्द्रबाट शासन सञ्चालन हुनु नै हो । स्थानीय र प्रदेश सरकारहरू बनिसकेपछि तिनीहरूले आ–आफ्नो क्षेत्राधिकारमा विकासदेखि शान्तिसुरक्षा र व्यवस्थापनसम्म गर्नुपर्ने हो । तर, कञ्चनपुरको घटनाले छर्लंगसँग देखाएको छ, खुलेआम केन्द्रीय शासन नै प्रदेश र स्थानीय निकायहरूमा चलिरहेको छ । प्रदेश र स्थानीय सरकार अधिकारविहीन प्रमाणित भए।
प्रदेश र पालिकाहरूमा केन्द्रीय सरकारकै अह्रनखटन र सञ्चालन चलिरहने हो भने देश संघीयतामा गएको के मतलब भयो ? प्रादेशिक र स्थानीय सरकारको भनिँदै छ तर अधिकार जति केन्द्रीय आदेशमा सञ्चालन भइरहेछन् । अब भन्नुस्, देशमा ७ सय ५३ स्थानीय सरकार छन् । सात प्रदेश सरकार छन् । तर केन्द्र सरकार, केन्द्रीय प्रहरीले पालिकाहरूमा भएका बलात्कारका घटनामा पनि आदेश–परमादेश जारी गरि नै रहने हो भने स्थानीय नेतृत्व के गरेर बस्ने ? उनीहरूले गर्ने काम के रह्यो ? राज्यको काम स्रोत जम्मा गरेर प्रदेश र स्थानीय सरकारमा बसेकालाई बाँडेर खुवाउन मात्र हो कि प्रदेश र स्थानीय तहका समस्याहरू समाधान गर्न पनि लाग्ने हो?
जुन रफ्तारमा बलात्कार जस्ता स्थानीय आपराधिक घटना÷मुद्दा समाजमा बढिरहेका छन्, तिनलाई सम्बोधन पनि त्यहीकै सरकार र ऊ अन्तर्गतका निकायहरूले नगरेसम्म महेन्द्रनगरको दुर्भाग्य दोहोरिइरहनेछ । संघीयताको मूल मर्म कानुनले दिएको जिम्मेवारी पनि जिम्मेवारले निर्वाह गर्ने हो । धेरै टाढा रहेको केन्द्रीय सरकार वा प्रशासनले स्थानीय समस्या बुझ्दै नबुझी कसरी समाधान गर्न सक्छ ? कसरी आफ्ना मतदातालाई चित्त बुझाउन सक्ला?
पहिला जस्तै गरी केन्द्र सरकार प्रत्येक चोरी, डँकैती, सडक दुर्घटना, हत्या, बोक्सी, बलात्कार, छाउपडी, छुवाछूत, विभेद, कुटपीट, पाकेटमारी जस्ता मुद्दाहरूमा संलग्न हुन थाल्यो भने उसको कार्यकाल यसैगरी सकिन बेर छैन । यसैगरी केन्द्रले अरुका काम आफैँ जान्ने भएर गर्ने अनि प्रदेश तथा स्थानीय सरकारलाई काम नै गर्न नदिने र नपत्याउने हो भने प्रदेश र स्थानीय सरकार किन बनाइएको हो ? संविधानको के अर्थ ? निर्वाचन गरेर प्रदेश र स्थानीय सरकारहरू किन स्थापना गरिएको होइन ? के संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना बर्दीधारी, कर्मचारी, नेता र अपराधीका सन्तानलाई जोगाउनका लागि व्यवस्था गरिएको हो?
संविधानमा प्रदेश र पालिकाको हक अधिकारबारे किन यथेष्ट व्यवस्था गरिएको हो ? के तिनलाई बसीबसी तलब भत्ता पचाउन र त्यो पनि केन्द्रले नै पठाउने हो भने संघीयतामा मुलुक जानुको के नै अर्थ रहला ? प्रदेश र स्थानीय सरकारको व्यवस्था आफ्नो क्षेत्रको जिम्मेवारी र कर्तव्य उनीहरूले नै निर्वाह गरून् भन्ने सैद्धान्तिक र व्यावहारिक कारणले संवैधानिक र कानुनी व्यवस्था संघीय पद्धतिअनुसार गरिएको हो । तत्कालै कार्यान्वयन गर्न गरिएको हो।
लोकतन्त्रमा सत्तामा पुगेकाहरू जिम्मेवार हुनुपर्छ। यसैका लागि उनीहरूलाई गरिब जनताले तिरेको करबाट तलब, भत्ता र यथेष्ट सुविधा दिइएको हो। लोकतन्त्रले रैतीलाई नागरिक बनाउँछ । तर हाम्रा सत्तासीनहरू पदका जिम्मेवार र काममा भुसकौल प्रमाणित हुँदैछन्।
सल्लाहकार जति राखेका छन्, आफ्नै दल र आसेपासे चाकरीबाज मात्र भए, विभिन्न क्षेत्रका स्वतन्त्र र विषयविद्हरू भएनन् । यसैले विविध क्षेत्रको विकासका लागि सत्तासीनहरूले कहाँ के भइरहेको छ, समयमा थाहै पाउन सकिरहेका छैनन् । प्रहरीले कञ्चनपुरमा बलात्कारी र हत्यारा नै नक्कली बनाएको कुरा प्रधानमन्त्री र गृहमन्त्रीले जनताले विरोध गरिसकेपछि मात्र थाहा पाउनु यसैको कारण हो।
जनता एकदमै सचेत बनेर हेरिरहेछन् । उनीहरूलाई थाहा छ, अहिले पनि कानुनको शासन कायम नगर्ने हो भने नयाँ युगको नयाँ नेपाल बन्न सक्दैन । खुला समाज, शिक्षा र सञ्चारको विकास हुनै सक्दैन ।
पार्टीहरू संस्थागत रूपमा कमजोर छन् तर त्यही पार्टीका नेता हुनसम्म बलिया छन् । विधेयक र ऐन कानुन विदेशीहरूले बनाउँछन् तर सांसदहरू विकासका काममा लागिरहेका छन् किनभने त्यहाँ स्रोत खेलाउन पाइन्छ । जति पनि संघसंस्था छन् त्यहाँ हाम्रा होइन, राम्रा मान्छे राख्नैपर्छ । नराख्ने हो भने संस्थाहरू फेरि पनि जिन्दावाद र मुर्दावादको अखडा बनिरहने छन्।
इतिहासमा न्याय नपाए गोर्खा जानु भनिन्थ्यो आज त न्यायालय गए पनि न्याय पाइन्छ भन्न नसकिने भइरहेछ । हत्या, बलात्कार, स्मगलिङमा पुलिस नै मुछिएपछि जनता कहाँ जाने ? तेह्र वर्षकी किशोरीका बलात्कारी र हत्यारालाई दण्ड कसले दिने ? कानुनको होइन, शक्तिको शासन चलाइरहेको पुलिसमा अविलम्ब सुधार गर।
काठमाडौं : बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन्।
उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए। गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही गरेको थियो। उनै माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिको हातबाट विभूषण ग्रहण गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ।
अघिल्लो वर्ष नै उनलाई विभूषण दिने निर्णय भएकाले आफूहरूले हटाउन नसकेको गृहका एक अधिकारी बताउँछन्। तर, आइतबारको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव सोमलाल सुवेदी र गोपीकृष्ण शर्माको नाम हटाउँदा उनको नाम भने हटेन। निलम्बन फुकुवा भएपछि एसपी माझीलाई गृह मन्त्रालयले डोटी जिल्लाको प्रहरी प्रमुखका रूपमा खटाएको छ।
चेलिबेटी निर्वाधरुपमा हिंड्न पाउने सुरक्षा व्यवस्था मिलाउ: वीना मगर
भीमदत्तनगर, भदौ १६ ।
खानेपानी मन्त्री बीना मगरले महिलामाथि हिंसाका घटना बढदै गइरहेकोले तत्काल कडा सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिएकी छ्न ।
आज बिहान गृह जिल्ला कन्चनपुर पुगेकी मन्त्री मगरले जिल्ला प्रशासन कार्यालयमा भेला भएका सुरक्षा तथा प्रशासन प्रमुखहरुलाई निर्देशन दिँदै महिला घरबाट निस्केपछि भयरहित भएर निर्वाध हिड्न पाउने वातावरणको सिर्जना हुने गरी सुरक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको औल्याइन् ।
उनले भनिन्, ‘एकपछि अर्को जे जस्ता घटना भएका छन, त्यसले महिलाहरुमा झन त्रासको वातावरण सिर्जना गरेको छ । ‘समाजमा अपराधजकि मानसिकतालार्इ नियन्त्रण गर्नु जरूरी छ । सुरक्षा सन्यन्त्र र प्रशासनले सबैतिर सुरक्षाको व्यवस्था मिलाउनु पर्यो ।’
उनले समाजमा आवारागर्दी गर्ने, उद्दण्ड किसिमको जमात बढेर गएकोमा मन्त्रीले चिन्ता व्यक्त गरिन् । निर्मला पन्तका हत्यारा कुनै पनि हालतमा उम्किन नपाउन भन्दै मन्त्री मगरले अनुसन्धानमा गम्भीर भएर लाग्न समेत आग्रह गरिन् ।
उनले प्रहरी प्रशासनले सहि ढङले अनुसन्धान गरेर दोषीको पहिचान गरि कारवाहीको दायरामा ल्याउन निर्देशन गरिन् । मन्त्री मगरले आजै निर्मला पन्तका परिवार, बेल्डाडीमा बलात्कृत युवती तथा आन्दोलनमा मारिएका सन्नी खुनाको परिवारलार्इ भेट्ने कार्यक्रम छ । मन्त्री बिना मगरसँगै सांसदहरु डा.दिपकप्रकाश भट्ट र निरु पाल, तथा केही संचारकर्मीकाे टाेली घटना अध्ययनका लागि कन्चनपुर पुगेकाे छ ।
एभरेष्ट दैनिक बाट
हाम्रै साझा संवाददाता
काठमाडौं – मुलुकी (देवानी) संहिता ऐन २०७४ मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ । जसलाई सगोलको सम्पत्ति अंशबण्डा गरेर लिने व्यक्तिलाई अंशियार भनिएको छ । ऐनको परिच्छेद १० मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ ।
को–को हुन्छन् अंशियार र हकदार
प्रतिस्थापन मुुुलुकी ऐनले पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिने जनाएको छ । त्यस्तै ऐनको २०६ दफामा अंशको समान हकदार हुने भनिएको छ । उपदफा (१) मा प्रत्येक अंशियार अंशको समान हकदार हुने उल्लेख छ भने २ मा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी उसलाई अंश भाग छुट्याएर मात्र अंशबण्डा गर्नुपर्ने उल्लेख छ ।
यसरी जन्मेकाले पनि पाउँछन् अंश
(३) उपदफा (२) बमोजिम गर्भवती महिलाबाट जिउँदो शिशु नजन्मिएमा त्यस्ता शिशुका लागि छुट्याइएको अंश अन्य अंशियारले बराबरी पाउने व्यवस्था छ । तर दफा २०७ मा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतीबाट जन्मेका छोरा, छोरीले पनि अंश पाउने भनिएको छ । त्यस्ताको हकमा कानुन बमोजिम विर्वाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतीबाट जन्मिएका छोराछोरीले त्यस्ता बाबु आमाबाट अंश पाउन सक्ने भनिएको छ ।
आमाबाट पनि अंश पाउने
बाबुको पहिचान नभएका छोराछोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउनेछन् । उपदफा २ मा प्रकाश नगरी बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोराछोरीले पति वा बाबु मरेपछि भने अंशमा दाबी गर्न पाउने व्यवस्था छैन । त्यस्तै बाबु वा पतिको भागबाट अंश पाउनेमा सगोलमा बसेका दाजु भाइका छोरा छोरी वा पत्नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउने हुनेछन् ।
त्यस्तै अंश नहुँदै पति वा बाबु आमा मरेमा निजले पाउने अंश निजका पत्नी वा छोरा, छोरीले पाउनेछन् । कुनै व्यक्तिको एकभन्दा बढी पत्नीहरू भएमा निजहरूले पतिको भागबाट मात्र अंश पाउनेछन् ।
बाबुको भागबाट अंश पाउने
–कुनै व्यक्तिले पत्नी, छोरा छोरीसँग अंशबण्डा गरी भिन्न भएमा बाबुको भागबाट अंश पाउने छन् ।
–सँगै बसेको अवस्थामा अर्को विवाह गरेमा वा त्यसरी विवाह गरेकी पत्नीबाट छोरा छोरी जन्मिएमा त्यस्ता पत्नी वा छोरा, छोरीले पति वा बाबुको अंश भागबाट मात्र अंश पाउनेछन्– पत्नी जीवित हुने कुनै व्यक्तिले अंश नहुँदै अर्को विवाह गरेमा अन्य अंशियारको अंश भाग छुट्याई आपूmले पाउने अंश भागबाट त्यसरी विवाह गर्ने महिलालाई अंश दिनुपर्नेछ ।
–सगोलको सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई आफ्नो इज्जत आमद अनुसार खान लाउन दिन र आर्थिक हैसियत अनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्नेछ ।
जहिलेसुकै भिन्न हुन सक्ने
अंशियारहरू बीच आपसी सहमति भएमा निजहरू जहिलेसुकै पनि अंश लिई भिन्न हुन सक्नेछन् । पति, बाबु, आमा वा घरको मुख्य भई काम गर्ने व्यक्तिलाई सबै अंशियारहरू एउटै परिवारमा बस्नुभन्दा अंशबण्डा गरी अलग अलग बस्न उपयुक्त लागेमा जहिलेसुकै पनि अंशबण्डा गरी छुट्टिई भिन्न हुन सक्नेछन् भने विधवाले जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्नेछन् ।
तर विधवाले अर्को विवाह गरेमा निजले अंशबापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पतितर्फ छोरा छोरी भएमा त्यस्ता छोरा छोरीले र नभएमा निज आफैले लिन पाउनेछन्
अंश छोडपत्र गर्न सक्ने
ऐनको २१५ दफामा कुनै अंशियारले आफ्नो अंश आंशिक रूपमा लिई वा नलिई वा अंशबापत केही नगदी वा जिन्सी मात्र लिई अंश छोडपत्र गर्न सक्ने व्यवस्था छ । यही ऐनको उपदफा (२) उपदफा (१) बमोजिम अंश छोडपत्र गर्दा कुनै अंशियारको पति, पत्नी वा उमेर पुगेका छोरा, छोरी भएमा त्यस्ता पति, पत्नी वा छोरा, छोरीको मञ्जुरी लिएमा मात्र अंश छोडपत्र गर्न सक्नेछ । तर नबवालक अंशियारको अंश हक छोडपत्र गर्न सकिने छैन । (३) उपदफा (१) बमोजिम अंश छोडपत्र भएकोमा निजको अंश भए सरह मानिनेछ ।
अंशबण्डाको लिखतमा खुलाउनुपर्ने प्रमाण
अंशियारहरूको नाम, थर, उमेर, ठेगाना तथा आमा, बाबु र बाजे, बजैको नाम, अंशियारहरूले पाउने सम्पत्ति, अंशियारको नाममा कुनै ऋण धन परेको भए त्यस्तो ऋण धनको रकम, बण्डा गर्दा कुनै अंशियार अन्य अंशियारसँग बस्ने भए सो कुरा खुलाउनुपर्नेछ । त्यस्तै बण्डा गर्नुपर्ने सम्पत्ति कुनै अंशियारले नलुकाए वा नछिपाएको कुरा, (च) बाबु आमा वा पति पत्नीको शेषपछि कुनै सम्पत्ति कुनै अंशियारले मात्र पाउने भए त्यसको विवरण, (छ) कुनै अंशियारको अंश कसैको जिम्मामा रहने भए सो कुरा, (ज) अन्य आवश्यक कुराहरू खुलाउनुपर्नेछ ।
अंशबण्डाको लिखत अनिवार्य
अंशबण्डा गर्दा अंशबण्डाको लिखत तयार गरी साक्षी राखी त्यस्तो लिखतमा साक्षी तथा अंशियारको सहीछाप गरी कानुनको रीत पु¥याई सम्बन्धित कार्यालयबाट पारित गराउनु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संवत् २०३४ साल पुस २७ गतेभन्दा अघि कुनै अंशियारबीच बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अंशबण्डा गरी छुट्टिई आफ्नो अंश भाग बमोजिम लिई पाई दाखिल खारेजसमेत गरिसकेको वा बण्डा बमोजिम आफ्नो भागको अचल सम्पत्ति छुट्टा छुट्टै भोग वा बिक्री व्यवहार गरेकोमा अंशबण्डाकोलिखत पारित नभएको भए पनि अंशबण्डा भएको मानिनेछ ।
घरको मुख्य भई काम गर्ने व्यक्तिले सगोलको सम्पत्ति अंशबण्डा नगरी अंश नलिएका र अंशियार हुने कुनै अंशियारलाई मात्र दिन पाउने छैन । तर (१) सबै अंशियारको मञ्जुरी लिई कुनै सम्पत्ति कुनै अंशियारलाई दिन सक्नेछ ।