Thursday, June 26, 2025
विद्यालय शिक्षा विधेयकमा दलहरू सहमति नजिक, गुठी ऐच्छिक
Monday, June 23, 2025
पुनर्वासकी युवती धनगढीमा मृत फेला
कैलाली, असार ९
धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी सोमबार बिहान धनगढीस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले उनी धनगढीमा कोठा भाडामा लिएर बस्दै आएको जानकारी दिए। उनका अनुसार रेणु बस्दै आएको कोठाको ढोका बाहिरबाट ताल्चा लागेको अवस्थामा भेटिएको थियो।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर कोठा सिल गरी आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ। प्रारम्भिक रुपमा मृत्युको कारण स्पष्ट नभएको बताउँदै प्रहरीले विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ।
विद्युतीय शवदाह गृहमा भ्रष्टाचार : चौध जनाविरुद्ध मुद्दा
Saturday, June 21, 2025
नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वासले नगरप्रमुखलाई बुझायो ज्ञापनपत्र
Friday, June 13, 2025
शिक्षक पार्वती अवस्थीको सर्पदंशबाट निधन
Saturday, May 24, 2025
केरला आईपुग्यो मनसुन, नेपालमा औसत मितिभन्दा चाँडै भित्रिन सक्ने संकेत
Saturday, May 17, 2025
नोरा फतेही पहिलोपटक नेपालमा, बौद्धमा धमाकेदार प्रस्तुति दिने तयारी
Friday, May 16, 2025
माओवादी केन्द्रद्वारा ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु
Wednesday, May 7, 2025
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रस्तुत गर्न सांसद तारालामा तामाङको आग्रह
शौचालयमा लडेर घाइते भए प्रचण्ड, टाउकोमा टाँका
Sunday, May 4, 2025
चट्याङ लाग्दा महिलाको मृत्यु, श्रीमान् घाइते
Friday, May 2, 2025
बेलौरीमा मिनी कभर्ड हल निर्माण सुरु, सांसद बिष्टद्वारा शिलान्यास
Thursday, May 1, 2025
ओडिसाको केआईआईटीमा फेरी नेपाली छात्रा मृत फेला
काठमाडौं/ १८ बैशाख
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन्। वीरगञ्जकी प्रिशा शाह बिहीबार साँझ कलेजको छात्रावासमा मृत फेला परेकी हुन्।
भुवनेश्वर-कटक प्रहरी आयुक्त एस. देव दत्ता सिंहका अनुसार उक्त छात्राको शव विश्वविद्यालयकै छात्रावासको कोठामा फेला परेको हो।
भुवनेश्वरस्थित ओटीभीका एक पत्रकारका अनुसार बिहीबार साँझ छात्रावासमै एक विद्यार्थी मृत अवस्थामा फेला परेपछि पुनः कलेजप्रति प्रश्न उठेका छन्।
यसअघि, गत फागुन ४ गते पनि सोही कलेजमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल छात्रावासमा मृत भेटिएकी थिइन्। उनले आफू मानसिक रुपमा दुर्व्यवहार र ब्ल्याकमेलको शिकार भएको भन्दै दुईपटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन्। तर, गम्भीरताका साथ नलिएको प्रशासनिक उदासीनताले उनलाई आत्महत्या गर्न बाध्य बनाएको बताइएको थियो।
प्रकृतिको घटनापछि न्यायको माग गर्दै नेपाली विद्यार्थीहरूले क्याम्पसमा विरोध प्रदर्शन गरेका थिए। तर, कलेज प्रशासनले त्यसलाई दमन गर्दै सुरक्षा गार्डमार्फत विद्यार्थीमाथि कुटपिट गराएको थियो। साथै, धेरै विद्यार्थीहरूलाई होस्टल छाड्न निर्देशन दिइएको थियो, जसले गर्दा कलेजमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।