Friday, August 14, 2020

सहिद गोविन्द गौतम प्रती अटुट सम्मान रहेको स्पष्टोक्ती


रवि लामिछानेलाई सहिदको अपमान गरेको आरोप लाग्नु अत्यन्त दुखद 

-यम प्रसाद आचार्य
कञ्चनपुर, ३० साउन ।
न्यूज २४ कञ्चनपुर संवाददाता सितल भट्टले सहिद गोविन्द गौतम प्रती पत्रकार रवि लामिछाने र उहाँको "सिधा कुरा जनतासंग" टिमको अटुट सम्मान रहेको बताएका छ्न ।
पत्रकार सितल भट्ट रेडियो सुदूर सञ्चार, बेलौरीका प्रवन्ध निर्देशक तथा न्यूज २४ का कञ्चनपुर संवाददाता हुन । उनले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रवि लामिछाने र सिधा कुरा जनतासंगको टिमलाई ल्याउन संयोजनकारी भूमिका खेलेका थिए ।
बर्षातको बेलामा रुझ्दै भिज्दै हिलाम्मे बाटोमा कष्टपूर्ण यात्रा गरेर पुनर्वास-बेलौरी आईपुगेका पत्रकार रवि लामिछानेलाई सहिदको अपमान गरेको आरोप लाग्नु अत्यन्त दुखद भएको पत्रकार भट्टले जिकिर गरे ।
"कम समय र उठान गर्नुपर्ने थुप्रै मुद्दा थिए, फेरि सोही दिन महेन्द्रनगर पुगी कार्यक्रम प्रशारण गर्नुपर्ने थियो । बाटोको अवस्था राम्रो थिएन । गाडी हिलामा फँस्ने डर थियोे । यसको बावजुद पनि सहिद गोविन्द गौतमको घर पुग्यौं । उहाँको बुवा र पुनर्वासका मेयरसंग भलाकुसारी गरयौं । तर सहिद गौतमकै घर पछाडी शालीक छ भनेर कसैले जानकारी गरायो, न त जाउँ भनेर कसैले आग्रह नै गरयो" पत्रकार भट्टले स्पष्ट पारे ।
"सहिदको बुवासंग भलाकुसारी गरेर उहाँको पिरमर्का बुझ्न खोज्ने मानिसले कसरी सहिदको अपमान गरेको ठहर्छ?"पत्रकार भट्टले प्रश्न गरे ।
हरेक कुरालाई नकारात्मक पाटोबाट नबुझी रचनात्मक र सकारात्मक पाटोबाट बुझ्न आग्रह गर्दै रवि लामिछाने जस्तो पत्रकारले पुनर्वास-बेलौरी क्षेत्रमा आउनु आफैंमा ठूलो कुरा भएको समेत पत्रकार भट्टले जिकिर गरे ।
पत्रकार रवि लामिछानेले पुनर्वास आएर पनि सहिद गोविन्द गौतमको शालीक भएको स्थानमा नपुगी सहिदको अपमान गरेको, नगरपालिकाले गरेको राम्रा कामहरूको चर्चा नगरी गल्ती मात्र खोजेको, आफूमात्र चर्चामा आउन खोजेको लगायतका आरोपहरु पुनर्वासका जनप्रतिनिधि र अभियन्ताहरुले लगाएका थिए ।
(तस्वीर: पत्रकार सितल भट्टको फेसबुकबाट)

No comments:

Post a Comment