कञ्चनपुर, २५ साउन ।
पुनर्वास १ को डि.एन.पोल्ट्री फर्ममा पानी पस्दा साढे तीन सय कुखुरा मरेका छन् ।
पुनर्वास नगरपालिका-१ स्थित प्रभुजंग शाहीको डि. एन. पोल्टिफर्ममा पानी पस्दा करिब साढे तीन सय कुखुरा मरेका हुन् । लगातारको वर्षाका कारण सोमबार विहान ४ बजे तिरको समयमा पोल्टिफर्मभित्र पानी पसेर साढे तीन सय कुखुरा बगाएको उनले बताए ।
शाहीले बगाएका कुखुरा भेटिएका भएपनि सबै मरिसकेका बताएका छन् । पोल्टिफर्ममा जम्मा ६ सय कुखुरा राखिएको थियो । योसंगै निरन्तर परिरहेको बर्षाले अन्य धेरै किसान-व्यवसायीहरुको अन्नबालि तथा व्यवसायमा संकट पैदा गरेको छ ।
।
No comments:
Post a Comment