साउन २९, २०७७/ बिश्वब्यापी रुपमा फैलिएको कोरोनाका महामारी कारण नेपालमा बिहिवार थप ४ जनाको मृत्यु भएको पुष्टि भएको छ। बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै तीन पुरुष र एक महिलाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा महोत्तरीको मटियारीका ४५ बर्षिय पुरुष, अछामको रामारोशनका १८ बर्षिया पुरुष, र मोरङ जिल्लाको विराटनगरका ५७ वर्षीय पुरुष र धनुषा मिथिला ढल्केबरकी ८५ वर्षीया महिलाको मृत्यु पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । जसमध्ये ७४ पुरुष, २० महिला र १ शिशु रहेका छन । हाल सम्मको कुल मृतकमध्ये दुई भारतिय र एकजना चिनियाँ नागरिक गरि तीनजना विदेशी छन् ।

No comments:
Post a Comment