Wednesday, August 12, 2020

बाँकेमा थप १० जनामा कोरोना पुष्टि ! 

 श्रावण २८ कृष्ण बा बुढा नेपालगन्ज : बाँकेमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ४ जना नेपाली सेनासहित १० जनामा कोरोना पुष्टि भएको हो । बुधबार कोरोना संक्रमित हुनेमा २७ वर्षदेखि ५४ वर्षका २ महिलासहित १० जनामा कोरोना भएको हो । नेपालगन्जका ४, खजुराका २ र कौशिलानगरस्थित नेपाली सेनाको व्यारेकका ४ जना सैनिक छन् ।

No comments:

Post a Comment