कृष्ण बा बुढा श्रावण ३० बर्दिया \ मुलुकभर कोरोना संक्रमणको कहर बढ्दो देखिन्छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमध्य बर्दियामा १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षणमा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्को पुष्टि गर्नुभएको छ। उक्त संक्रमितमध्य बर्दियास्थित ठाकुरबाबाका ३ जना ,गुलरियाका २ जना, मधुवनका ४ जना र राजापुरका ३ जना गरि जम्मा १२ नयाँ संक्रमित बर्दियामा भेटिएको जानकारी आएको छ।यस्तै बर्दियामा शुक्रबार १२ जना थपिएसँगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ । बर्दियामा २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।

No comments:
Post a Comment