Sunday, August 9, 2020

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । कास्कीमा १ र पर्सामा १ जनाको मृत्यु भएसँगै संख्या ७५ पुगेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।उहाँलाई साउन १७ गते आईसीयूमा राखेर उपचार गरिएको थियो भने उहाँ डायबिटिजबाट समेत पीडित हुनुहुन्थ्यो । यस्तै, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने २० वर्षीय युवतीले उपचार नपाउँदा मृत्यु भएको छ ।

उनलाई गण्डक अस्पताल पु¥याएपछि मृत घोषणा गरिएको थियो ।


No comments:

Post a Comment