कृष्ण बा बुढा
श्रावण २४, नेपालगन्ज \ भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि भर्ना भएकी गर्भवति महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रुकुम चौरझारी निवासी ती महिला बुधवार भर्ना भएकी थिइन् ।
महिना पुगिसकेकाले विहीबार शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी गरिएको थियो । शल्यक्रियाको तयारी भइरहेका बेला अचानक उनलाई ज्वरो आएपछि कोरोना भाइरस भएनभएको पुष्टि गर्न थ्रोट स्वाब निकालिएको थियो । तीन दिन अघि लिइएको स्वाबको रिपोर्ट शनिवार आउँदा पोजेटिभ आएको हो । भेरी अस्पताल नेपालगन्जका मेसु डा. प्रकाश थापाले भन्नुभयो–‘रिपोर्ट पोजेटिभ आएको छ । उ
नलाई नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर लैजाने तयारी भइरहेको छ । हाम्रो टीम त्यसैमा जुटेको छ ।’ शिक्षण अस्पताल कोहलपुर कोभिड ३ लेभलको अस्पताल हो । जटिल खालका कोरोना संक्रमित विरामीहरुको त्यही उपचार हुने गरेको छ । उक्त अस्पतालले यसअघि कोरोना संक्रमित तीन जनाको सफलतापूर्वक शल्यक्रिया गरेको छ । भेरी अस्पतालको प्रसुति वार्डलाई सील गरिएको छ । प्रसुति वार्डमा आउजाउ बन्द गरिएको छ, मेसु थापाले भन्नुभयो–‘सेनिटाइज गर्ने तयारी भइरहेको छ ।’ उनी त्यही वार्डमा बस्दै आएकी थिइन् ।
तीन दिनसम्म ती महिला त्यही बसेकाले भाइरस संक्रमण अन्यलाई समेत फैलिएको आशंका गरिएको छ । स्वाबको रिपोर्ट ढिला आउँदा समस्या भएको हो ।
No comments:
Post a Comment