कृष्ण बा बुढा
श्रावण २५ बाँके \कोरोना समुदाय स्तरमा फैइलिरहेको अबस्था मा आज बाँकेको नेपालगञ्जमा ३० प्रहरीसहित ४८ जनामा कोरोना पुष्टि भएको छ। वडा प्रहरी कार्यालय, नेपालगञ्जका २९ र एकजना बागेश्वरी मन्दिरका प्रहरीमा कोरोना भएको छ । वडा प्रहरी कार्यालयबाट ४७ जना प्रहरीको स्वाव लिइएको थियो ।भेरी अस्पताल प्रयोगशालामा गरिएको ३५० जनाको परीक्षणमध्य ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पुष्टि भएका मध्य ४८ जना बाँकेको र ३ जना दाङको रहेको जानकारी भेरी अस्पताल प्रयोगशालाले दिएको छ।
कोरोना संक्रमितको संख्या दैनिक रूपमा बढेपछि स्थानीय प्रशासनले गए रातीदेखि नै नेपालगञ्जको सुर्खेतरोडको पुष्पलालचोकदेखि गणेशमानचोकको पूर्वी क्षेत्रलाई सील गरेको छ । विभिन्न काँडेतारले बाटो छेकेर नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन भएका छन् । गत शनिबारदेखि बाँके जिल्लामा निषेधाज्ञा जारी रहेको छ ।

No comments:
Post a Comment