Sunday, August 9, 2020

सुनको भाउ घट्यो


सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेर एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको छ।

अन्तर्राष्टिय बजारमा आज १८ डलरले भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

शुक्रबार सुनको भाउ तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो। यस्तै सुनको भाउ घटे पनि चाँदीको भाउ भने बढेको छ। चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ।

No comments:

Post a Comment