Saturday, August 8, 2020

कोरोनाका कारण थप तीन जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो




कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ। काठमाडौंमा १, वीरगन्जमा १ र विराटनगरमा १ जनाको मृत्यु भएको हो। 
काठमाडौं टोखाकी एक महिलाको उपचारकै क्रममा शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। वीरगन्ज र मोरङका दुई व्यक्तिको पनि मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका छपकैया ३ का ७४ वर्षका पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मोरङको विराटनगर महानगरपालिकाका ९ का ५८ वर्षका पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ। 

No comments:

Post a Comment