कृष्ण बा बुढा
भाद्र १७
बर्दिया \ गुलरिया नगरपालिका वडा नम्बर ११ स्थित साँझ करिब ५:३० बजेको समयमा गुलरिया देखी नेपालगञ्ज तर्फ गइरहेको पिक अप भ्यानले साइकल यात्रु करिब ३५ वर्षीय अलि अहमद भाटलाई ठक्कर दिँदा यात्रुको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय द्वारा प्रत्यक्ष भनिए अनुसार सो भ्यानले प्रथम चोटि ठककर दिँदा यात्रु घाइते अवस्थामा रहेको र पुनः चालक द्वारा गाडी फर्काएर आई पुन फेरी ठक्कर दिएपछि भाटको घटना स्थलमा मृत्यु भएको गम्भीर आरोप लगाइरहेका छन् ।
मृतकको आफन्त द्वारा उचित क्षतिपूर्तिको माग र यदि चालकको दोष देखिएमा चालकको कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् ।
No comments:
Post a Comment