फागुन १९,काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले शनिबार सांसदहरूको संयुक्त प्रशिक्षण गर्दैछन्। संघीय संसद भवन नयाँ बानेश्वरमा साढे ११ बजेबाट सुरु भएको संयुक्त प्रशिक्षणमूलक बैठकमा संसदमा कसरी प्रभावकारी भूमिका खेल्ने भन्नेमा दुई पार्टीका अध्यक्षहरूले प्रशिक्षण दिने एमाले नेता रवीन्द्र अधिकारीले जानकारी दिए।
एकताको अन्तिम तयारीमा जुटेका एमाले र माओवादी केन्द्रले संसदको सपथग्रहणको अघिल्लो दिन सांसदहरूलाई संयुक्त रुपमा प्रशिक्षित गर्न लागेका हुन्। आइतबार सांसदहरूको सपथग्रहणको कार्यक्रम छ भने आउँदो सोमबारदेखि संघीय संसदको अधिवेशन सुरु हुँदैछ।
दुई अलगअलग पार्टीका कार्यशैलीका भिन्नताहरूलाई कसरी समायोजन गर्ने र सत्तापक्षका रुपमा संसदमा कसरी प्रभावकारी भूमिका खेल्ने भन्नेमा प्रशिक्षण केन्द्रित रहने अधिकारीले बताए ।
No comments:
Post a Comment