Thursday, March 1, 2018

बहाई अय्यामे-हा हर्सोउल्लासका साथ मनाईयो

लाल बहादुर एसके
पुनर्वास, फागुन १७
        बहाई धर्मावलम्बीहरुले अय्यामे-हा दिनहरु हर्सोउल्लासका बिश्वभरी नै मनाई रहँदा कञ्चनपुरको पुनर्वास नगरपालिकाका बहाईहरुले पनि पर्वलाई खुसी साटासाट गर्दै बनाएका छन ।

बहाई धर्मावलम्बीहरुले अय्यामे-हा को अन्तिम दिन आज पुनर्वास -२ को मोतिबस्तिमा उपहारहरु आदनप्रदान गरि मनाएका छन । बहाई धर्मका अनुसार एक महिनामा १९ दिन र १९ सै महिनाको १ बर्ष हुन्छ जसमध्ये बर्षमा ३ देखि ४ दिन यस्ता दिनहरू पर्छन जसलाई अय्यामे-हा का दिनहरु अर्थात् मलमासका दिनहरु भनिन्छ ।

यी दिनहरुमा बहाईहरुले दान, पुन्यका कामहरु गर्ने, दिन दुखी तथा गरिवहरुलाई मद्दत गर्ने तथा १९ दिने उपवासका लागि तयारगर्ने दिनको रूपमा मनाउने गर्दछन । जसअनुसार भोलि शुक्रबार देखि बहाईहरुले १९ दिने उपवास को सुरुवात हुदैछ ।

No comments:

Post a Comment