Tuesday, August 21, 2018

दोदा नदिले बगाएका ५ बालबालिकाको सकुशल उद्दार, दुईको अवस्था चिन्ताजनक


हेमन्त न्यौपाने
पुनर्वास, भदौ ०५
       बर्षेनी बालबालिका डुबेर मानवीय क्षति पुर्याउने कञ्चनपुरको दोदा नदिमा मंगलबार दिउँसो पौडी खेल्न गएका ५ बालबालिकालाई नदिले बगाएपछि उनीहरुको तत्काल उद्दार गरिएको छ ।

दोदा नदि किनारमा शवदह गर्न गएका केहि स्थानीय युवाहरुको सहयोगमा उनीहरुलाई उद्दार गर्न सकिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । “नदि किनारामा मलामीहरु नभैदिएको भए ठुलो दुर्घटना हुने रहेछ । दोदा पुलको दुबै छेउमा प्रहरी ड्युटीमा भएकाले घटनास्थलमा तत्काल प्रहरी पुगे ।” ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले भने ।

तीनको अवस्था सामान्य रहेपनी दुई जनाको अवस्था चिन्ताजनक भएकाले उपचारका लागि कैलालीको धनगढी लैजाने तयारी गरिएको प्रहरी निरीक्षक बमले जानकारी गराए । बर्षामास उर्लिएको बाढीमा नुहाउन स्थानीय बालबालिका दोदा नदिमा जाने गर्दछन। यसरी नदिमा डुबेर बर्षेनी बालबालिकाको मृत्यु भईरहंदा समेत न त स्थानीय सचेत भएको पाइन्छ न सम्बन्धित निकाय ।

प्रहरीकै अगाडी स-सना बालबालिका खोलामा नुहाउँदा समेत प्रहरीले कुनै प्रतिक्रिया जनाउदै । स्थानीय अभिभावकमा चेतनाको कमि, लापरबाही र सम्बन्धित निकायको वेवास्ताको कारण यस्ता दुर्घटना भइरहने स्थानीय भुल्लन रानाले बताए ।

No comments:

Post a Comment