हाम्रै साझा पत्रिका
पुनर्वास, भदौ ३०
लम्कीचुहा नगरपालिकामा निर्माणधिन नमुना बाल अध्ययन गृहका लागि पुनर्वास विद्यार्थी सञ्जाल तथा दलित विद्यार्थी साझा मञ्चको संयुक्त आयोजनामा सहयोग रकम संकलन गरिएको छ । मुक्तकमैया बालबालिकाका लागि संकलन भएको रकम शनिबार एक कार्यक्रम गर्दै हस्तान्तरण गरिएको छ । पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा बिष्ट प्रमुख अतिथि रहनुभएको कार्यक्रममा पुनर्वासका उदाहरणीय शिक्षक राष्ट्रपतिबाट सम्मान प्राप्त व्यक्तित्व टेक बहादुर विश्वकर्मालाई सम्मान समेत गरेको थियो ।
पुनर्वास विद्यार्थी सञ्जाल र दलित विद्यार्थी साझा मञ्चको संयुक्त प्रयासबाट सङ्कलन गरेको रकम रु ३६,५००( छतीस हजार पाँच सय) साझा बिकास बैकको चेक मार्फत हस्तान्तर गरिएको दलित विद्यार्थी साझ मञ्चका अध्यक्ष सृजना कुमारी चुनाराले बताउनुभयो ।
हाम्रो अभियान,शिक्षामा योगदान भन्ने मुल नारा लिएर अधि बढेको दलित विद्यार्थी साझ मञ्चले विभिन्न शैक्षिक क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।
लम्कीचुहा नगरपालिकामा निर्माणधिन ५० जना मुक्तकमैया बाल बालिकाका लागि नमुना बाल अध्ययन गृहका लागि सहयोग गर्न पाउदा निकै खुशी लागेको पुनर्वास विद्यार्थी सञ्जालका अध्यक्ष बिकले बताउनुभयो ।
रकम हस्तान्तरण कार्यक्रम पुनर्वासको न्यु सम्राट रेस्टुरेन्टमा शनिबार सम्पन्न भएको थियो ।
No comments:
Post a Comment