धनगढी : प्रदेश नम्बर ७ को नाम र राजधानीको टुङगो शुक्रवार (आज) लाग्दैछ । त्यसका लागि विहान साढे ११ बजे प्रदेश सभा बैठक डाकिएको छ । प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका, २ तेघरी राख्न सिफारिस गरेको छ ।
उक्त प्रतिवेदनमा विपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले असहमति जनाएका कारण मतदान प्रक्रियाबाट नाम र राजधानी तोकिने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभामा सत्तारुढ दल नेकपाका ३९, काँग्रेसका १२ र राजपाका २ गरि ५३ सांसद छन ।
सत्तापक्षसग स्पष्ट बहुमत भएका कारण प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ हुने निश्चित भएको प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ ।
प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ को पक्षमा मतदान गर्न नेकपाले ह्वीप समेत जारी गरेको छ ।
अस्थायी राजधानी धनगढीबाट गोदावरी राजधानी सार्न लागिएको भन्दै धनगढीमा विहानैदेखि प्रदर्शन सुरु भएको छ ।
प्रदर्शनकारीहरु प्रदेश सभा भवन अगाढी राजधानी नसार्न दवाव दिदै आन्दोलन गरिरहेका छन ।
उनीहरुले सांसदलाई प्रदेश सभा भवनको मुल गेटबाट प्रवेश गर्न नदिएपछि पछाडीको गेटबाट प्रवेश गराईदैछ ।
संसदबाट प्रदेश नाम र राजधानी तोक्ने तयारी भईरहदा आन्दोलन उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
No comments:
Post a Comment