Wednesday, October 31, 2018

बेलौरी महोत्सब बिशेष: सरस्वती लामाले तताईन स्टेज

बेलौरी, कार्तिक १३
    कञ्चनपुरको बेलौरीमा जारी प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेलाको पाँचौ दिन मङ्गलबार सरस्वति लामाले हगांमा मच्चाएकि छन ।
मञ्चको प्रस्तुतीमा बेला बेला बिवादमा आउने गायिका लामाले एक खाले दर्र्शकलाई आकर्षण गर्ने गरेको र कार्यक्रम स्थल नै तताउने गरेको उनि उपस्थित हुने कार्यक्रमक मा दर्शकको सहभागिता बाट प्रष्ट हुन्छ ।

बेला बेला उनिले लाउने पहिरन र बोल्ने भाषाले समेत चर्चामा आउने गायिका लामा बेलौरीमा समेत विवादित बनेकी छन । बेलौरीका कतिपय दर्शकले समजमा बिकृती फैलने भन्ने प्रतिकृया दिइ रहदा पनि बिभिन्न साङितिक कार्यक्रम र महोत्सवमा उनको माग बड्दो रहेको छ । साङ्गीतिक क्षेत्रमा रमाइलो गर्नुपर्छ दर्शकलाइ रमाउन दिनुपर्छ भन्ने सरस्वतिको धारणा रहेको छ ।

Monday, October 29, 2018

बेलौरी र लालझाडीमा पनि समुदाय प्रहरी साझेदारी कार्यक्रम लागु

केशब भट्ट
कञ्चनपुर, कात्तिक १२
     नेपाल प्रहरीले आइतबार देशैभरका सबै जिल्लामा एकैसाथ सुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम कञ्चनपुरको दक्षिणी क्षेत्रमा समेत लागु गरिएको छ । इलाका प्रहरी कार्यालय बेलौरीले सोमबार बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा उक्त कार्यक्रम सम्बन्धी सम्झौता भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक चुडामणि पुनले बताउनु भयो ।


    सम्झौता पत्रमा बेलौरी नगरपालिकाका तर्फबाट नगर प्रमुख पोतिलाल चौधरी, लालझाडी गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष मदन सेन बडायक र ईलाका प्रहरी कार्यालय बेलौरीका तर्फबाट प्रहरी निरीक्षक चुडामणि पुनले हस्ताक्षर गर्नुभएको छ । प्रहरीले गर्ने कार्यहरु लागु औषध नियन्त्रण, जुवातास नियन्त्रण तथा समाजमा हुने गरेका नकारात्मक कार्यहरुलाई नियन्त्रण गर्न प्रहरी संगै स्थानीय तहको साथ र सहयोगले अगाडी बढ्ने गरी स्थानीय तह र प्रहरी बीच सम्झौता गरिएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भएको छ ।

   प्रहरीलाई आफ्ना काम, कर्तव्यहरु पूरा गर्नमा सहयोग पुग्ने गरी गृह मन्त्रालयले देशैभरका सबै जिल्लामा एकैसाथ समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको हो । यसअघि नेपाल प्रहरीले प्रहरी मेरो साथी, मुस्कान सहितको प्रहरी सेवा लगायतका लोकप्रीय कार्यक्रम लागु गरी नागरीक र प्रहरी बीचको सम्बन्ध नजिक तुल्याउने कार्य गरेको थियो ।

Friday, October 26, 2018

गोकुलबजारमा प्रहरी बिट स्थापना, बिटमा प्रहरी बस्दैनन्

ज्ञानेन्द थापा
बेलौरी, कात्तिक ०९
     कञ्चनपुरको बेलौरी नगरपालिकामा पर्ने गोकुलपुरबजारमा प्रहरी बिटको स्थापना भएको छ । बिट स्थापना भएपनि बिटमा प्रहरीको उपस्थिति नहुँदा प्रहरीले जनताको आँखामा छारो हालेको स्थानीय बताउछन ।

बिट त सञ्चालनमा आयो तर प्रहरी आएनन् । पछिल्लो समय गोकुलपुर इलाकामा शान्तिसुरक्षा नहुँदा अपराधीक गतिविधिहरु बढ्न थालेका छन । ट्राफिक नियमको व्यापक उल्लंघन हुने, अपराधी मानसिकता बोकेकाहरुले बल पाउने तथा सुरक्षाको प्रत्याभूति हुन नसकेको स्थानीय बताउछन ।

स्थापना भएको प्रहरी बिटमा तत्काल प्रहरीले नियमित ड्युटी गर्नुपर्ने बजार व्यवस्थापन समितिको माग समेत रहेको छ ।

Thursday, October 25, 2018

अध्यक्षले मनोमानी गरेको भन्दै पुनर्वास नगरपालिका –१० को वडा कार्यालयमा तालाबन्दी

पुनर्वास ,८ कार्तिक
वडा अध्यक्षले मनोमानी गरेको भन्दै कञ्चनपुरको पुनर्वास नगरपालीका वडा नं– १० को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा अध्यक्षले उपभोक्ता समिति नै गठन नगरी स्थानीय स्तरमा रहेका सडक मर्मत संभारको काम सुरु गरेकाले तालाबन्दी गरिएको स्थानीय भिम वहादुर तमाङले वताउनुभयो । उपभोक्ता समिति गठन गरी काम गर्नुपर्ने नियम लत्याउँदै सडक मर्मतका नाममा २० टिप्पपर ग्राभेल खसालीएको र वाटो सम्माउन ग्रेडरको समेत प्रयोग गरीएको भन्दै स्थानीयले विरोध गरेका छन् । कसैसँग पनि छलफल नगरी अध्यक्षले ७ लाख बराबरको रकम एकलौटी प्रयोग गरेकाले तालाबन्दी गरेको स्थानीय शेर वहादुर वोहराले बताउनु भयो । तत्काल समस्या समाधानकालागी पहल नगरे आफुहरु वडा कार्यालय खोल्न नदीने चेतावानी समेत स्थानीय धिरेन्द्र प्रसाद भट्टले वताउनुभयो । स्थानीय संगै सोही वडाका वडासदस्यहरुले समेत विरोध गरेका छन् । वडामा हुने हरेक कामहरु वडासदस्य सहित छलफल गर्नुपर्ने भएपनी आफुहरु कसैलाइ पनी थाहा नदीइ वडध्यक्षले मनोमानी रुपले काम गरेको वडासदस्यहरुले समेत आरोप लगाएका छन् ।
वडाको मिटीङमा यस विषयमा कुरा उठ्य पनी निर्णय नभएको वडा सदस्य नैनमती चौधरीले वताउनुभयो । वडाध्यक्षको मनपरी र हैकमवाद हुन्छ भने अरु सदस्य किन चाह्यिो भन्दै वडा सदस्य विरभान विष्टले गुनासो गर्नुभयो। वडामा आएको ७ लाखको योजनामा आफुहरुलाई थाहा नै नदी काम गरीनु वडा सदस्यहरुको अवमुल्यन समेत भएको उहाँले वताउनुभयो । अघिल्लो वर्षको अधुरा योजनाहरुमा परेको वजेटले सो योजना पुरा गर्ने लक्ष्य सहित काम सुर गरेको पुनर्वास नगरपालीका वडा नं– १० का वडाध्यक्ष सुकदेव रानाले वताउनुभयो । चाडपर्वको समयमा सवैजना ब्यस्त रहेकालेपनी समिती गठन गर्न नभ्याएको समेत उहाँले वताउनुभयो । नगरपालीकाका मेयर संग फोन मार्फत कुराकानी गरी उपभोक्ता समिति बिस्तारै गठन गर्ने तर तत्काल काम सुरु गर्ने कुराकानी भए अनुरप नै काम गरेको वडा अध्यक्ष रानाले बताउनुभयो । यता वडा कार्यालयमा तालावन्दी भएपछी सेवाका लागी आएका सेवाग्राही भने रित्तै हात फर्कन वाध्य छन् ।
साभार: रेडियो के एम सी

Sunday, October 21, 2018

भारतले ६५ वर्षमा नेपालबाट १४ वटा सिंगापुर भन्दा ठुलो भूभाग मिच्यो, काठमाण्डौंलाई किन दुख्दैन ?

कञ्चनपुर ।  पुनर्वासको आनन्द बजारमा भारतीय एसएसबीले नेपाली युवा गोविन्द गौतमलाई उनीहरुको अतिक्रमण र ज्यादतीको विरुद्धमा उत्रिदा गोलि हानी हत्या गरेको पनि दुई बर्ष पुग्न लाग्यो ।

भारतसंग जोडिएका नेपालका २६ जिल्लामध्ये २१ जिल्लामा सीमा विबाद छ । भारतले २१ जिल्लाका ७१ भन्दा बढि स्थानमा नेपाली सीमा अतिक्रमण गरेको छ ।

भारतसंग जोडिएका नेपालका चार जिल्लाहरु महोत्तरी, धनुषा, डडेलधुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमण भएको छैन । अन्य जिल्लाको सीमा हेर्ने हो भने भारतले लगभग ६० हजार हेक्टरभन्दा बढी नेपाली भू–भाग भारतले मिचेको विभिन्न तथ्यहरुमा देखिदै आएको छ ।

यी मध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रको मात्रै ३६ हजार नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमित हुन पुगेको छ ।

यतिमात्रै होइन,भारतले पूर्व मेचिदेखि पश्चिम माहाकालीसम्म पुग्दा भारतसँग सीमा जोडिएका १८ जिल्लामा चारसय ७४ सीमास्तम्भ भारतले गायब पारेको छ भन्ने प्रमाण विभिन्न सरकारी तथ्याङमा नै पाइन्छ । नेपाल र भारतबीच १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा सीमा जोडिएको छ ।
भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये १८ जिल्लामा मात्र नेपालको तर्फबाट सशस्त्र प्रहरी क्याम्प स्थापना गरिएको छ । त्यो पनि सीमाभन्दा ३–४ किलोेमिटर भित्र रहेको छ । कतिपय ठाउमा त सदरमुकामै छ,सीमा सुरक्षा बल ।

भारतसंग सीमा जोडिएका चितवन, दाङ , इलाम, पाँचथर, ताप्लेजुङ, डडेलधुरा, बैतडी र दार्चुलामा नेपालको तर्फबाट सीमा सुरक्षाका लागि कुनै सशस्त्र प्रहरीको टोली अझैसम्म राखिएको छैन । त्यही छिमेकी चीनसंग नेपालको १४ सय १५ किलोमिटर सीमा जोडिएको छ ।

ती क्षेत्रमा साना चौकी बाहेक सीमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाएइएको छैन । भारतले नेपालतर्फको सीमा क्षेत्रमा बाक्लो सीमा सुरक्षाबल तैनाथ गरेको छ ।
नेपाल भारत सीमामा भारतले ४५ हजार सेना तैनाथ गरेको छ । अर्थात् प्रत्येक एक किलोमिटरमा २५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

छ भने औषतमा प्रत्येक तीन किलोमिटरमा एक क्याम्प हुन आउछ । नेपालले भने सीमा सुरक्षाका लागि ४५ सय देखि ५ हजारको विचमा सशस्त्र प्रहरी खटाएको छ,त्यो पनि सीमाभन्दा निकै टाढा ।
सशस्त्र प्रहरीका एक डिआइजीका अनुसार अहिले हराएका ती स्तम्भ खोज्न सरकारलाई निकै समस्या भइरहेको छ । हराएका स्तम्भमा जंगे पिलर ९ मुख्य स्तम्भ २८ वटा रहेका छन् ।

जो सबै भारतसंगको सीमाका स्तम्भ हुन । हराएका भनिएका सीमा स्तम्भ कि त भारतीय पक्षले रातारात उखेलेर फालेको छ भने कतिपय प्राकृतिक प्रकोपका समयमा हराएका छन् ।
हराएका स्तम्भमा सहायक स्तम्भ ४५ वटा र साना स्तम्भ चार सय ३१ वटा छन् । नेपालका पाँच हजार ९ सय ४७ कूल सीमा स्तम्भमध्ये चीनतर्फ ११ र भारततर्फ पाँच हजार ९ सय ३६ छन् ।

तीन हजार ८० सीमा स्तम्भमात्र सामान्य अवस्थामा रहेका छन् । भारततर्फ रहेका अधिकांश स्तम्भ मर्मत गर्नुपर्ने र केही पुनर्निर्माण गर्नुपर्ने अवस्थाका छन् । कतिपयलाई नदीले पनि बगाएको बताइन्छ ।

गृहमन्त्रालयले गरेको एक अध्ययन अनुसार सात सय ६० मुख्य स्तम्भ ९ जंगे पिलर मध्ये चार सय ९४ मात्र ठीक अवस्थामा छन् । एक सय ९५ वटा मर्मत गर्नुपर्ने, १० वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् भने ३३ खोलाले बगाएको छ ।

सीमामा रहेका सहायक स्तम्भ कूल एक हजार तीन सय १६ वटा रहेका छन् । यी मध्ये ४५ वटा फेला परेका छैनन् , खोलाले बगाएकामा एक सय ११ परेका छन् ।
पुनर्निर्माण गर्नुपर्ने ३३ वटा र मर्मत गर्नुपर्ने दुई सय ४३ वटा रहेको बताइन्छ । साना स्तम्भ तीन हजार आठ सय ७१ वटा छन् भने एक हजार ६ सय ९९ वटा सामान्य अवस्थामा छन् ।

Saturday, October 20, 2018

दसैं लम्की मेलामा निर्देशक जिबि आग्रीले तताए माहोल

हाम्रै साझा पत्रिका
लम्की, कात्तिक ०२
       दसैंको शुभअवसरमा आयोजना गरिएको लम्की मेलामा चलचित्र निर्देशन जिबि आग्रीले निकै रमाइलो गरेका छन ।नेपाली चलचित्र उद्योगमा उदाउदा प्रतिभा नायक पुष्प खडका र निर्देशक आग्रीले कार्यक्रममा रौनक थपेका थिए । 
लम्कीको दशै बिशेष कार्यक्रममा नायक पुष्प खड्का तथा निर्देशक जिबि आग्रीले घुम मचाएका छन । करिब ४ हजार दर्शकको माहोललाई नचाउन सफल नायक पुष्प खडकाले चर्चित गीत पर्ख पर्ख मायालु समेत नाचेर खुसी पार्न सफल भएभने निर्देशक आग्रीले दर्शकलाई हसाउनुका साथै डान्स गरेर लम्की बासीलाई मनोरञ्जन प्रदान गरे ।

 त्यसै गरि आछामी बडो लाल बहादुर धामिको डेउडा संगै र्‍यापर जगत तिरुवा लगायत कञ्चनपुरको पुनर्वासकी डान्सर पार्वती बुढा र राधिका बुढाको कम्मर मर्काइले माहोल झन तातेको थियो । कार्यक्रममा उपस्थित नेपाल आइडलमा वाइल्डकार्ड मार्फत पुनः प्रवेश गरेका लम्कीका स्थानीय समेत रहेका रबि शर्माले गीतमा झुमाएका थिए । रातिको २ बजे सम्म सञ्चालन भएको कार्यक्रमको सञ्चालन  मिलन बिष्टले गरेका थिए ।  
निर्देशक आग्री र डान्सर पार्वती बुढाले संयुक्त नृत्य प्रदर्शन गरेको एक भिडियो क्लिप यस link मा हेर्न सकिन्छ  ।

अष्ट्रेलियामा सहज भिसा, कठिन पीआर

पढ अनि फर्क नीतिमा अस्ट्रेलीया

सम्पर्क

हाम्रै साझा पत्रिका
पुनर्वास नगरपालिका ३, कञ्चनपुर