हाम्रै साझा पत्रिका
टेक्सास (अमेरिका)
गतबर्ष मात्र संयुक्त राज्य अमेरिका पुगेका पुनर्वास नगरपालिका ५ ग गाउँका विनोद जेठारालाई सोमबार गोलि लागेको छ । एक अश्वेत बन्दुकधारीले चलाएको गोली छातीमा लागेपछि उनी गम्भीर घाइते भएका हुन । अमेरिकाको टेक्सास राज्यको ब्रायनमा उनी काम गर्दथे । ब्रायन स्थित एप्पल स्टोर नामक ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षिय बिनोद जेठारा बन्दुकधारीको गोली प्रहारबाट गम्भिर घाइते भएका हुन् ।
स्टोर खोल्न गएका जेठारालाई ग्राहक बनेर आएको अश्वेत बन्दुकधारीले सोमबार बिहान साढे ६ बजेतिर एक्कासी गोली प्रहार गरेको थियो । मुटुमा गोली लागेर गम्भिर घाइते जेठाराको ब्रायन स्थित सेन्ट जोसेफ हस्पिटलमा उपचार भइरहेको घाइते जेठाराका जेठान दाई मोहन कुसारीले बताउनुभयो ।
सामान्यतया पैसा लुट्नका लागी बन्दुक लिएर आउने भएतापनि गम्भिर घाइते जेठारालाई भने स्टोरमा ग्राहकको रुपमा आई सिधै गोली प्रहार गरेर भागेको बताइएको छ ।
श्रीमती संगै एक छोरी अमेरिका आउने प्रक्रिया शुरु हुनै लाग्दा जेठारा माथी बज्रपात परेको हो । अमेरिका त्यसमाथी टेक्सास राज्यमा पछिल्लो समय ग्यांस स्टेशनमा लुटेरा र बन्दुकधारिहरुको आक्रमनको शिलशिला बढेको छ ।
No comments:
Post a Comment