Friday, December 14, 2018

बेलौरी नपा वडा नम्बर १० ले सुरु गर्यो आफ्नै वडामा वडा कार्यालय सञ्चालन, सेवाग्राही हर्षित

लाल बहादुर एसके
कञ्चनपुर,२८ मङ्सिर
      कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० ले शुक्रबारदेखि आफ्नै वडामा कार्यालय सञ्चालन सुरु गरेको छ । बेलौरी नगरपालिकाको कार्यपालिका कार्यालय देखि टाढाको दुरीमा अवस्थित यस वडाका सेवाग्राहीले अब आफ्नै वडामा वडा कार्यालयले प्रदान गर्ने सेवा पाउने भएका छन ।

वडा कार्यालय स्थापनार्थ कार्यक्रममा पुग्नुभएका बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले आफुले चुनावको बेलामा जनताहरु समक्ष  घरदैलोबाट सेवा दिने प्रतिवद्धता गरेको र आज त्यो प्रतिबद्धता पूरा गर्न पाउँदा खुसी महसुस भएको बताउनुभयो ।

यस वडाको समग्र विकासलाई मध्यनजर गर्दै वडाकार्यालयले विकासका योजना अघि सारेको वडा नम्बर १० का वडाध्यक्ष हरीलाल चौधरी बताउनुभयो । उहाँले अब आफ्नै वडामा सेवाग्राहीले वडाको सुविधा पाउने बताउनुभयो । स्थानीय सेवाग्राहीलेहरु वडाकार्यालय आफ्नै वडामा स्थापना हुँदा निकै खुसी लागेको बताए ।

वडा कार्यालयबाट सेवाग्राहीले पाउने सेवा

ऐन अनुसार वडा कार्यालयले प्रदान गर्ने सेवाहरु जस्तै वडामा नाता प्रमाणित गर्ने, नागरिकताका लागि सिफारिस गर्ने र नागरिकताको प्रतिलिपि लिनलाई पनि सिफारिस सेवा पाउने छन । व्यक्तिगत विवरण दर्ता, पूर्जामा घर कायम गर्ने सिफारिस, नाता प्रमाणित, जग्गाधनी पुर्जा हराएको सिफारिस, मिलापत्र, कागज गराउने निवेदन दर्ताको काम, विवाह दर्ता, निशुल्क उपचार सिफारिस, विषय प्रमाणीकरण, नक्सापास प्रमाणितको लगायतका काम वडा कार्यालयबाट नै हुनेछ ।

No comments:

Post a Comment