Sunday, December 16, 2018

पुनर्वासमा प्रहरीको चेकजाँच: सेटिङ मिले पास नत्र पक्राउ

हाम्रै साझा पत्रिका
पुनर्वास, २९ मंसिर ।
  कञ्चनपुरको पुनर्वास नाकाबाट मात्र दिनहुुँ लाखौं रुपैयाँका ब्रोइलर कुखुरा भारतीय बजार देखि नेपाल भित्रने गर्दछ । यहाँका स्थानीय तथा व्यापारीले यस अबैध धन्दा बन्द गराउन निकै बल गरे तर यसको नियन्त्रण गर्ने निकाय नै सेटिङ मिलाउन पल्केपछी तस्करी नियन्त्रण हुने कुरै भएन । जनस्तरमा प्रहरीको चर्को बिरोध हुने गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती मातहतका प्रहरी चौकीहरु तथा इप्रका कै घुमावा प्रहरीहरु सीमा क्षेत्रमा सादा पोसाकमा घुमिरहन्छन । उनीहरुको काम तस्करको पहिचान गर्नु र सेटिङ दिनु मात्र हो । यस नाका हुँदै मानव बेचबिखन नियन्त्रण, अपराधीक क्रियाकलापको नीग्रानी तथा नियन्त्रणमा कुनै ध्यान दिएको पाइदैन ।  यसरी सीमा नाका कुरेर बस्ने घुमुवा प्रहरीलाई साना देखि ठुला ब्यापारीलाई लाइन दिएर तस्करी गराउन मै भ्याईनभ्याई हुन्छ ।

पुनर्वासका सीमा क्षेत्रसंग जोडिएका वडाहरु ४,६,७,८,९,१० र ११ नम्बर वडाका सानासाना बाटाहरु तथा नाकाहरुबाट दिनभर प्रहरीकै सेटिङमा अबैध तथा प्रतिबन्धित समान आयात हुन्छ ।  यसरी प्रहरीसंग सेटिङ गर्न नचाहानेहरु भने प्रहरी फन्दामा पर्छन अनि उनीहरुले ल्याएको समान जफत हुन्छ । तस्कर समात्यौ भनेर प्रहरीले सार्वजनिक गर्छ । यहि घटना आइतबार पुनर्वासमा फेरि दोहोरीएको छ । पुनर्वास नगरपालिका —११ स्थित अमरबस्तीबाट भारतीय प्रतिबन्धित कुखुरा सहित एक जनालाई प्रहरीेले पक्राउ गरेको छ । भारतको सीमावर्ती बजारबाट नेपाल भित्र्याउँदै गर्दा पुनर्वास नगरपालिका–११ अमरबस्तीकै चन्द्रबहादुर क्षेत्रीलाई करीव ४० केजी अबैध कुखुरासहित प्रहरी चौकी पचगडिया पराशनले पक्राउ गरेको हो ।

पक्राउ परेका कुखुरालाई स्थानीय, सरोकारवाला र पत्रकारको रोहबरमा शनिबार नै नष्ट गरिएको छ । भने पक्राउ परेका क्षेत्रीलाई नसिहत स्वरुप अब आइन्दा यस्ता गल्ती नगर्ने मौखिक शर्तमा छोडिएको प्रहरी चौकी पचगडिया पराशनका प्रहरी सहायक निरीक्षक मोहनकुमार सिंहले बताए । यसरी प्रहरीले तस्करलाई आस्रय दिँदा यहाँका व्यावसाय नै बन्द हुन पुगेको छ । कसैले पनि ब्रोइलर कुखुरा पालेर व्यवसाय गर्न सक्ने अवस्था छैन । उद्योग बाणिज्य संघ पुनर्वासले समेत प्रहरीलाई तस्करी नियन्त्रण गर्न पटकपटक पत्राचार गरेपनी तस्करी नियन्त्रण हुन सकेको भने छैन ।

No comments:

Post a Comment