हाम्रै साझा पत्रिका
पुनर्वास, पुस २८
पुनर्वास नगरपालिकाको वडा नम्बर ६ कार्यक्षेत्र भएको श्री सगरमाथा हिमचुली बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जीवन राज थापाले छोटो समयमा धेरै उपलब्धि गर्न सफल यस सहकारीले उल्लेख काम गर्न सकेको बताउनुभयो । उहाँले गाउँगाउँमा घुसेका लघुवित्तिय संस्थाहरुले जनतालाई झनझन गरिब बनाएको तर्क राख्नुभयो । उहाँले लघुवित्तय संस्थाले जनतालाई समुन्नत बनाउन नसक्ने बताउनुभयो । उहाँले जनतालाइ झनझन गरिव बनाउने लघुवित्त संस्था तथा मिटर व्याजमा आकर्षित नहुन आग्रह गर्नुभयो । उहाँले एउटै उद्देश्य बोकेका सहकारीहरुलाई नगरमा नै सहकारी बोर्ड मार्फत अघि बढाईने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष सोमराज बरालले संस्थाले छोटो समयमा राम्रो प्रगति गर्न सकेको दाबि गर्नुभयो । उहाँले सबै शेयर सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुभयो । १३३ जना सदस्य रहेको यस संस्थामा ६२ जना महिला तथा ७१ जना पुरुष सदस्य छन । संस्थाको कुल शेयर पुँजी बाह्र लाख, उनन्चास हजार ३ सय बाईस रहेको छ ।
संस्थाले अठसठ्ठी लाख, चार हजार ९ सय पन्चानब्बे रुपैयाँ ऋण लगानी गरेको छ । कुल बचत संकलन सत्तरी लाख, एकाउन्न हजार ६ सय पचासी रुपैया पैसठ्ठी पैसा रहेको छ । संस्थाले कृषि र व्यापारमा ऋण लगानी गर्ने गरेको छ । दुबै क्षेत्रमा १२% व्याजदर तोकिएको छ । संस्थाले ऋण लिने र दिने औसत फरक जम्मा ६% देखाएको छ । कार्यक्रममा सहकारीकर्मी, नेता बुद्धिजीवी, सञ्चारकर्मी तथा शेयरसदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राजेन्द्र बरालले गर्नुभएको थियो ।
No comments:
Post a Comment