हेमन्त न्यौपाने
पुनर्वास, पुस २०
कञ्चनपुरको पुनर्वास नगरपालिकाको साबिक त्रिभुवनबस्ती गाविसबाट सञ्चालन भइरहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारणसभा कार्यक्रममा पुग्नुभएका प्रदेश सभा सदस्य सांसद तथा नेकपा सुदुरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले सहकारीमा आबद्ध भईसकेपछि जीवनस्तरमा सुधार हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार सहकारीले गर्ने कामलाई मुल्यांकन गर्दै कार्यशैलीमा सुधार गर्न निती बनाउन लागेको बताउनुभयो । प्रदेश संसद चलेपछि निति निर्माण हुन लागेको उहाँले कार्यक्रममा जानकारी गराउनुभयो । आजभोलि मिटरब्याज भन्ने भित्रीएको रहेछ । यस्ता नकारात्मक लेनदेनका कारोबारलाई बहिष्कार गर्नुपर्ने जिकिर गर्नुभयो ।
“सहकारीलाई कर्जा दिने र व्याज उठाउने संस्थाको रुपमा हेरियो भने सहकारी कै बदनाम हुन्छ । सहकारीले गर्नुपर्ने धेरै कामहरु छन । सहकारीको सहि सदुपयोग हामीले गर्न सकेका छैनौं ।” सांसद तामाङले बताउनुभयो ।
कैलालीको आत्तरिया केन्द्रिय कार्यालयबाट सञ्चालित यस सहकारी संस्थाका पुनर्वास नगरपालिकामा ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन । महिलाहरुमा लक्षित यस सहकारीको पुनर्वासमा लोकप्रियता छ ।
संस्थाको यस शाखामा मात्र १९६८ महिला शेयर सदस्यहरु छन । शेयर रकम एक करोड चालीस लाख तीस हजार दुई सय छ । संस्थामा ३१६ जनाले नियमित बचत गर्ने गरेको संस्थाले जनाएको छ । १४९२ महिलाहरुले ऋण लिएको लेखा समिति संयोजक निर्मला पोख्रेलले बताउनुभयो । संस्थाका अध्यक्ष शोभा सुयल हुनुहुन्छ । अध्यक्ष सुयलले बार्षिक प्रतिबेदन पढेर सुनाउनुभएको थियो । संस्थाका लेखा समिति संयोजक निर्मला पोख्रेल शाखा प्रवन्धक कल्पना चापागाईं हुनुहुन्छ ।
No comments:
Post a Comment