लालबहादुर एस.के.
पुनर्वास, माघ २१
आफू निर्वाचित वडामा स्वरोजगारको सृजना गर्ने उद्देश्यका साथ पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नारायण प्रसाद जैशीले निड्स नेपालको सहयोगमा कुखुरा पालन तालीम दिनुका साथै नगरपालिकाको सहयोग र नगर प्रमुख जीवन थापाको प्रमुख अतिथ्यतामा तालीम प्राप्त सबैलाई जनही २० का दरले हेम्पसार ब्ल्याक एन्ड अष्ट्रो कुखुरा बितरण गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जीवन थापाले नगरपालिका का सबै वडाहरुमा स्वरोजगार सृजना गर्न व्यावसायिक तालिमहरु नगरपालिकाको तर्फबाट गरिरहेको र यसले दक्ष्य जनशक्तिलाई नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मबिस्वाश दिने आशा व्यक्त गर्नुभएको छ। यो एउटा उदाहरण मात्रै भएको र थुप्रै अन्य व्यावसायिक तालीम नगरपालिका को तर्फबाट वडामा दिने योजना रहेको र यसको लागि सरोकारवाला निकायहरु सँग पनि समन्वय भैइरहेको जानकारी दिनुभएको थियो। सात दिने तालीममा ३० परिवारलाई निड्स नेपालको सहयोगमा २ महिना अगाडि नै तालिम दिईएको थियो । २१ गते सबै ३० परिवारलाई जनहि २० कुखुराका दरले बितरण गर्न पाउँदा आफुलाई खुशी लागेको र यसले व्यावसायिक पहाल लिनेमा आफू विस्वस्त रहेको पनि उल्लेख गर्नुभएको छ।
त्यसरी नै वडा अध्यक्ष जैशीले आफ्नो वडाका बिपन्न तथा गरिबीको रेखामुनि रहेका परिवारलाई छनोट गरि निड्स नेपालसँगको सहकार्यमा कुखुरा पालन तालिम दिएको र आज वडाको बजेटबाट सबै परिवारलाई कुखुरा बितरन गरेको बताउनुभयो । आफुले सधैभरी नै वडाको चौतर्फी बिकासका लागि काम गर्दै आएको बताउँदै जैशीले यो कार्यक्रम विशेषगरी बिपन्न बर्गलाई माथी उकास्न र उनिहरुको जिबिकोपार्जन गर्न सक्षम बनाउने लक्ष्यका साथ गरेको बताउनु भएको छ।
समुदायबाट दक्ष युवा जनशक्ति बिदेशीएको देख्दा त्यसले आफुलाई दुखित बनाएको आफ्नो अनुभव सुनाउँदै अब आगामी दिन कसरी प्राबिधिक तथा व्यावसायिक तालीम दिने र गाउँ गाउँ मै कसरी स्वरोजगार सृजना गर्ने कुरामा नै आफू केन्द्रित रहेको बताउनुभएको छ। यसको लागि लगतै अरु यस्ता कार्यक्रम वडा कार्यलय र नगरपालिकाको मातहतमा संचालित गर्ने योजना रहेको पनि बताउनु भयो। स्मरण रहोस वडा अध्यक्ष जैशीले यस अघि पनि जाडँरक्सी मुक्त वडा अभियान चलाउनु का साथै र सिमा क्षेत्रमा भारत नझुकी काम गर्ने प्रभावशाली ब्यक्तिको रुपमा आफुलाई चिनाईसकेका छन।
कार्यक्रममा निड्स नेपालका कार्यकारी निर्देशक प्रकाश चन्द्र मडैलेआफुहरुले पुनर्वासका विभिन्न वडाहरुमा वडा तथा नगरपालिकाको सहकर्यमा यस्ता सिपमुलक तालिमहरु संचालित गरिरहेको र तालिम पश्चात् धेरै जना आत्मानिर्भर बन्दै गएको बताउनु भयो। कामका लागि भारत जाने र त्यहाँ ठूलो दु:ख भोग्ने गरेको तर्क गर्दै यी कार्यक्रमले नेपालमै केही गर्ना प्रेरित गरिरहेको र आगामी दिनमा पनि यसरी नै सहकार्य गरि काम गर्ने बताउनु भयो।
वडा कर्यालयको यो कार्यले गाउँबासिमा गरिबहरुका लागि पनि सरकार छ भन्ने अनुभुति भएको र आफु निक्कै खुशी भएको अमरिका बुढा र शोभा सुनारले सुनाए। र यस बाट आफुहरु आत्मनिर्भर हुने बिश्वास पनि व्यक्त गरेका छन ।
No comments:
Post a Comment