Monday, February 25, 2019

बुढेसकालमा माछा सेवन, फाइदै फाईदा

उमेर ढल्कदै गएपछि शरीरका अंगहरु पनि शिथिल हुँदै जान्छ । कतिपय अंगले राम्ररी कार्यसंचालन गर्न सक्दैन । छाला चाहुरिन्छ । कपाल फुल्छ । ढाँड कुपि्रन्छ । दाँत र्झन थाल्छ । कानको श्रवणशक्ति कमजोर हुन्छ । आँखाको दृष्टि धुमिल हुन्छ । आँखाको दृष्टि धुमिल हुँदै गएपछि आफ्नो सामान्य दिनचर्या पनि प्रभावित हुन थाल्छ । पक्कै पनि बुढ्यौलीमा हुने असहज समस्या हो यो । तर, चिन्ता गर्नुपर्ने केही छैन । बुढ्यौलीमा आँखाको ज्योति कमजोर हुनबाट बचाउन केही यस्ता खाद्यपदार्थ छन्, जो निकै उपयोगी हुन्छ । जस्तो कि, माछाको तेल सेवन । आर्काइब अप अप्थेल्मोलोजी’ मा प्रकाशित एक नयाँ अध्ययनले जनाए अनुसार सप्ताहमा कम्तीमा पनि एक पटक माछाको तेलको सेवन गर्नु आँखाको लागि निकै फाइदाजनक छ । यसको सेवनले बुढ्यौलीमा पनि आँखा सम्बन्धि कुनै समस्या हुँदैन । झण्डै आठ वर्ष लगाएर करिब ६० देखि ८० वर्ष उमेर समूहका झण्डै ४५ सय जनसंख्याबीच गरिएको अध्ययनबाट यो नतिजा आएको हो । सामान्यतया, मानिसको उमेर बढेसँगै आँखाको तेज कम हुँदै जान्छ । त्यसैले, यो समस्याबाट बच्न पनि अहिले देखि नै माछाको सेवन गर्नु उचित हुन्छ । किनकी माछामा ओमेगा-३ फ्याटी एसिड, भिटामिन बी १२ लगायतका यस्ता पौष्टिक तत्व हुन्छ, जुन अन्य आहारबाट प्राप्त गर्न सकिंदैन । यूरोपेशी शोधकर्ताहरुले जनाए अनुसार उमेर बढेमा एज रिलेटेड मस्कुलर डिजेनेरेशन (एमडी) अर्थात उमेरका कारण मांसपेशी कमजोर हुने रोग लाग्नु सामान्य हो । सातामा कम्तीमा एक पटक वोसोयुक्त माछाको सेवन गनार्ल माछामा रहेको ओमेगा-३ का कारण एएमडीको समस्यालाई निकै हदसम्म कम गर्न सकिन्छ । आँखा सम्बन्धि विभिन्न रोगमध्य मांसपेशी कमजोर हुने समस्या अन्धोपना तथा दृष्टिदोषको एक प्रमुख कारण मानिन्छ । एएमडी दुई प्रकारको हुन्छ, ड्राई (सुख्खा) र वेट (गिलो) । गिलो एएमडी अन्धोपनाको प्रमुख कारण हो । यो नै सम्भवत अहिलेसम्मको पहिलो शोध हो , जसलाई तेलयुक्त माछाको सेवनलाई एएमडीकेा रोकथाममा प्रभावकारी भनिएको छ । यस शोधका प्रमुख शोधकर्ता एस्ट्रिरड फ्लेचरका अनुसार सातामा कम्तीमा एक पटक साल्मोन, टूनाको सेवन गर्नाले प्रतिदिन पाँच सय मिलिग्राम डीएचए (ओमेगा ३ फैटी एसिडको एक प्रकार) र इपिए (ईको सापेंटाइनोइक एसिड)को निर्माण हुन्छ । शोधकर्ताहरुले आाफ्नो अध्ययनका क्रममा माछाको सेवन तथा ओमेगा-३ फ्याटी एसिडको वेट एएमडीसितको सम्बन्धबारे जाँच गरेको थियो । शोधका अनुसार सातामा एक पटक तेलीय माछाको सेवन गर्नेहरुमा माछा सेवन नगर्नेको तुलनामा एमएमडीको स्तर ५० प्रतिशतसम्म कम भएको पाइएको थियो । यसबाट पनि के थाहा हुन्ट भने माछाको सेवन गर्नेहरुलाई बुढेसकालमा आँखा कमजोर हुने समस्या हुँदैन । त्यस्तै, डिएचए र ईपिएको एमएमडीसित पनि पर्याप्त सम्बन्ध रहेको पाइएको थियो । डिएचए र ईपिएको २५ प्रतिशत (प्रतिदिन तीनसय मिलीग्राम वा सो भन्दा बढी) उपस्थितिमा गिलो एएमडीको स्तर ७० प्रतिशतसम्म कम भएको पाइएको थियो । यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने डिएचए माछा वा समुद्री भोजनमै मात्र पाइन्छ ।

No comments:

Post a Comment