Friday, February 8, 2019
नेवा देय : दवु कञ्चन समाजको पाँचौ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न
धन बहादुर बिक
पुनर्वास २५ माघ
कञ्चन नेवा : समाज पुनपा ६ कञ्चनपुर को पाँचौ बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन शुक्रबार पुनर्वासमा सम्पन्न भएको छ ।
भेलाले समाजका पुर्व कोषाध्यक्ष खेमराज श्रेष्ठ को अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नव गठित समितिको अध्यक्ष मा खेमराज श्रेष्ठ , उपाध्यक्षमा विजया श्रेष्ठ , सचिवमा भिम कुमार श्रेष्ठ , कोषाझमा दिपक श्रेष्ठ , सहसचिवमा कृष्णप्रसाद श्रेष्ठ र सदस्य हरूमा तील कुमार श्रेष्ठ , तेज प्रशाद श्रेष्ठ , मान बहादुर श्रेष्ठ , गोमा रेग्मी मानन्धर , मन बहादुर श्रेष्ठ र सुमित्रा श्रेष्ठ रहेका छन भने पुर्व अध्यक्ष हरिनारायण श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । सल्लाहकार समितिको सदस्य मा मथुरा श्रेष्ठ , भोजराज श्रेष्ठ , धन बहादुर श्रेष्ठ ( राजु) र एक कुमार श्रेष्ठ रहेका छन ।
कार्यक्रममा समाजका कोषाध्यक्ष धन बहादुर श्रेष्ठ ( राजु) ले अार्थिक बर्ष २०७५ पौष मसान्तसम्म दुई लाख ८४ हजार १ सय १३ रूपैया बराबरको अायव्य प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा पुनर्वास नगर प्रमुख जिवनराज थापाले जिल्लाको दक्षिणी क्षेत्रमा अत्यन्तै न्यून रूपमा रहेका नेवार समुदायले अाफ्नो भाषा संस्कृति र भेषभुषा जोगाउन नेवार समुदायले गरेको प्रयास लाई प्रशंसाा गर्दै शुभकामना मन्तव्य सहित धन्यवाद दिनुभयो । वहाले नेवार समुदायको बिबिध भाषा संस्कृति जोगाउन नगरबाट सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा कञ्चन नेवा : देय दवु समाजलाई स्थापना गर्न कटिबद्ध भई लागिपर्ने संस्थापक अग्रजहरू श्यामकुमार श्रेष्ठ , वल बहादुर श्रेष्ठ , रत्न कुमार श्रेष्ठ स्व धर्म कुमार श्रेष्ठ , स्व वीर बहादुर श्रेष्ठ , स्व लक्ष्मि श्रेष्ठ लाई प्रमाणपत्र सहित सम्मान गरिएको थियोे ।
समाजका अध्यक्ष हरिनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगर प्रमुख जिवनराज थापा रहनुभएको थियोे भने बिशिस्ट अतिथि मा नगर उप प्रमुख सारदा बिष्ट धामी , नेवा : देय दवु सुप उपाध्यक्ष एक कुमार श्रेष्ठ , नेवा : देय दवु पुर्व संयोजक विजया श्रेष्ठ लगायत रहनुभएको थियो । अतिथि हरूमा पुनर्वास नगर वडा नम्बर ५ का अध्यक्ष वीर बहादुर बोगटी , वडा नम्बर ६ का अध्यक्ष मन बहादुर गुरूङ लगायत रहेका थिए । कार्यक्रम को सञ्चालन कोषाध्यक्ष खेमराज श्रेष्ठले गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment