हेमन्त न्यौपाने
पुनर्वास, चैत ०९
फाल्गुन महिनामा अडिसन भएको ‘मेघा डान्स प्रतियोगिता’ को शनिबार ‘मेघा अडिसन’ सम्पन्न भएको छ । पुनर्वास उद्योग वाणिज्यसंघको सभाहलमा सम्पन्न अडिसनमा ६० जना प्रतिस्पर्धीले आफ्नो सेमिफाइनलको यात्रा तय गरेका छन । पुनर्वासको दुई ठाँउ र बेलौरीको एक ठाँउमा भएको अडिसनमा ९३ जना बालबालिकाले प्रतियोगितामा भाग लिएका थिए । सेमिफाइनलको यात्रामा पुग्न नसकेका ३३ प्रतिस्पर्धीहरु प्रमाणपत्र सहित शनिबार विदा भए । आगामी यात्रा तय गर्नेमा २१ जना जुनियर प्रतिस्पर्धीहरु छन ।
प्रतियोगिताको सेमिफाइनल आगामी चैत २३ गते हुनेछ । सेमिफाइनल हुने स्थान भने तय भईनसकेको आयोजक टिमका सदस्य राम बहादुर देवकरले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता हुने सहभागी प्रतिस्पर्घीले नगद रु. १५ हजारका साथै ट्रफी पाउने छन । त्यस्तै फर्ट रनरअपले १० हजारसहित ट्रफी र सेकेन्ड रनरअप हुने प्रतिस्पर्धीले ५ हजार सहित ट्रफी पाउने छन । आगामी राउन्ड सेमिफाइनल राउन्ड देखि भोटिङमा जाने हुँदा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत डान्सलाई आधार बनाएर अंक निर्धारण गरिने प्रतियोगिताका निर्णायक तथा नृत्यकार धिरज देवकरले बताउनुभयो । १७ बर्ष देखि निरन्तर नृत्य क्षेत्रमा कार्यरत देवकरले भारतको भारत मुम्बई शहरमा नृत्य सिकेर आउनुभएको हो । उहाँले कपिलवस्तुमा डान्स एकेडेमी समेत सञ्चालन गर्नुभएको छ ।
यस अडिसनबाट छनौट हुने २ सहभागीलाई काठमाडौ स्थित राहुल शाहको वाइभ एन्ड वेभ नृत्य केन्द्रबाट नृत्य प्रशिक्षण गराइ नृत्यकलामा दक्ष बनाइने प्रशिक्षक तथा निर्णायक देवकरले जानकारी गराउनुभयो ।
२० प्रतिशत भन्दा बढी भोटिङ गर्नेलाई नृत्य प्रतिस्पर्धीहरुलाई एउटा म्युजिक भिडियोमा काम गर्ने अवसर समेत दिइने उहाँले जानकारी गराउनुभयो ।
कुपन प्रणालीबाट गरिने भोटमा १ भोटको १ सय रुपैयाँ लाग्नेछ । भोटिङका लागि सम्बन्धि प्रतिस्पर्धीका अभिभावकले नै भोट संकलन गर्नुपर्नेछ ।
No comments:
Post a Comment