कञ्चनपुर, ९ जेठ ।
कोभिड १९ को विरुद्ध लडिरहेको पुनर्वास नगरपालिकाको विपत व्यवस्थापन समितिको बैठक शुक्रबार बसेको छ ।
यस बैठकले कोभिड १९ लाई नगरपालिकामा फैलन नदिन लकडाउनलाई थप कडा बनाउदै लैजाने निर्णयका साथै अन्य महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।
यसअघि बसेको बैठकले हरेक वडाको एक एक सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने निर्णय गरेकोमा स्थानीयले विरोध गरेको हुँदा सम्बन्धित वडाको पहलमा सम्झाईबुझाई गर्ने, लकडाउन खुकुलो भई सर्वसाधारणको आवतजावत बढेकाले सुरक्षाकर्मिलाई अनुरोध गरि लकडाउन कडा पार्ने, दोस्रो चरणको राहत वितरण बांकी रहेका वडामा तुरुन्तै बाडने, निजि विद्यालयका संचालकहरुलाई क्वारेन्टाइन प्रयोजनका लागि भवनका लागी अनुरोध गर्ने, हरेक क्वारेन्टाइनका लागि कृषि शाखा मार्फत स्प्रे टंकी उपलब्ध गराउने निर्णय गरिएको थियोे । त्यसैगरी खाद्यान्न र हार्डवेयर पसल विहान १० बजेसम्म खुलिरहेकोमा त्यसलाई परिमार्जन गर्दै बिहान ६ देखि ८ सम्ममात्र खुल्न दिने र निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई बिहान ६ देखि ८ सम्म र बेलुका ७ देखी ९ सम्म चल्न दिईने निर्णय पनि आजको बैठकले गरेको छ ।
बैठक पछि बोल्दै पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले कोरोना भाईरस विरुद्धको लडाईमा सबैबाट सहयोग र समर्थन प्राप्त भईरहेको र आगामी दिनमा साथ र समर्थन प्राप्त भईरहने आशा व्यक्त गरे ।
No comments:
Post a Comment