Tuesday, May 19, 2020

पुनर्वासका उपप्रमुख विष्टद्वारा क्वारेन्टाइन अनुगमन

कञ्चनपुर, ६ जेठ ।
पुनर्वासका नगर उपप्रमुख शारदा बिष्टले पुनर्वास नगरपालिका वडानम्बर ८ स्थित बागेश्वरी मावि मा रहेको क्वारेन्टाइनमा मंगलबार अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उपप्रमुख बिष्टले कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने सावधानीका बिषयमा क्वारेन्टाइनमा बसीरहेका व्यक्तिहरुसंग छलफल गर्नुभएको थियोे ।
अनुगमन पछि पत्रकारहरुसंग कुरा गर्दै उपप्रमुख बिष्टले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीबाट जोगिन र जोगाउनका निमित्त सबै एकजुट हुनुपर्ने विचार राख्नुभएको थियोे ।
पुनर्वासलाइ महामारीबाट बचाउन सबैले आ- आफ्नो स्थानबाट सक्दो सहयोग गर्न पनि उहाले आग्रह गर्नुभएको थियोे ।
सो क्वारेन्टाइनमा केहि दिन अघि भारतबाट गौरीफण्टा नाका हुँदै आएका पुरुष १३, महिला ६ र बालबालिका ४ जना गरि २३ जना व्यक्तिहरु राखिएका छ्न ।

No comments:

Post a Comment