Wednesday, May 27, 2020

भारतको क्वारेन्टाइनमा नेपाली महिलाले बच्चा जन्माईन

१४ जेठ ।
बझाङ जिल्ला घर भएकी पुजा नेपालीले पलियाको क्वारेन्टाईनमा बच्चा जन्माएकी छिन् ।
बलदेव वैदिक इन्टर कलेज पलिया खिरीको  क्वारेन्टाइनमा मंगलवार  दिउँसो उनले बच्चा जन्माएकी हुन् । उनी श्रीमान दिनेश नेपालीसँग दिल्लीबाट पलिया पुगेकी थिईन् ।
दिउँँसो प्रशव पीडा भएपछि  भारतीय कर्मचारीले सामुदायिक स्वाथ्य केन्द्रमा भर्ना गराएका थिए । उनको सामान्य डेलिभरी भएको र पुजा नेपालीले छोरालाई जन्म दिएकी छन ।
आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । सुत्केरीलाई पलियाको सोही क्वारेन्टाईनमा अलग्गै कोठाको व्यवस्था गरिएको छ । पलियास्थित भारतीय सरकारी  कर्मचारी आशिष कुमार सिंहले अस्पताल भर्ना गराउनेदेखि लिएर बच्चालाई कपडा र मिठाई पनि उपलब्ध गराएका छन ।


No comments:

Post a Comment