विकाससिंह महता
डडेल्धुरा / १० जेठ ।
विश्वव्यापी रुपमा फैलिएको महामारीको बेलामा भारतीय पक्षधर बाट नेपाली भुमि अतिक्रमण गरेको र भारतीय मिडियाले गरेको गलत प्रचारबाजी विरुद्धमा अजयमेरु गाउँपालिका वडा न .२ मा प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दहन गरिएको छ।
अनेरास्ववियु डडेल्धुरा कार्यालयका सदस्य चन्द्र सिह ऎरको नेतृत्वमा शुक्रबार साझ ७ बजे एक कार्यक्रमका साथ भारतिय मिडियाको अफिसियल लोगो जलाउनुका साथै " लिपुलेक कालापानी लिम्पियाधुरा हाम्रो हो" भारतीय विस्तारवाद मुर्दावाद! कथित भारतिय मिडिया मुर्दावाद ! भन्ने लगायतका नारावाजी गरिएको सदस्य ऎरले जानकारी दिएका छन् ।
उनका अनुसार सार्वजनिक विदा बाहेकका दिन हेरि अजयमेरू गाउँपालिकाका सरकारी कार्यालयमा नेपालको नयाँ नक्सा टास्ने कार्यक्रम गरिने बताएका छन् ।
अनेरास्ववियु डडेल्धुराका पुर्व अधक्ष्य दिपक भट्ट (रोसन), अनेरास्ववियू डडेल्धुरा कार्यालय सदस्य चन्द्र सिह ऐर , हरि दत्त भट्ट, हिमाल ऐर, नरेस ऐर ,बिजय बोहरा ,खडक बोहरा ,गोविन्द बोहरा र पदम भट्ट लगायतका देशभक्त यूवाहरूको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment