Friday, May 22, 2020

रयापिड परिक्षणमा पुनर्वासको एक जनामा देखियो कोरोना पोजेटिभ

कञ्चनपुर, ९ जेठ ।
रयापिड परीक्षणमा पुनर्वासको एक 
जनामा कोरोना पोजेटिभ देखिएको छ । विहिवार डोके बजारमा गरिएको 
र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गर्दा पुनर्वास ५ का एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । आरडिटी टेष्ट गर्दा १२ जनाको नतिजा पोजेटिभ देखिएको मध्ये एकजना पुनर्वास ५ को भएको प्रहरीबाट जानकारी प्राप्त भएको छ । विहिवारमात्रै गौरिफण्टा नाकाबाट भित्रीएका एकहजार नौसय पैतिस जना मध्ये पहाडी जिल्ला र पुनर्वास नगरपालिकाको व्यक्तिहरुमा परिक्षण गरिएको र बाँकीलाई सम्बन्धित स्थानीय तहलाई टेस्ट गर्न जिम्मा लगाईएको बताईएको छ ।
आरडिटिमा पोजेटिभ देखिएका व्यक्तिहरुलाई सेती प्रादेशिक अस्पताल धनगढीको आईसोलेसन वार्डमा राखिएको छ । आरडीटी पोजेटिभ देखिएका पुनर्वास ५ का पुरुष भारतको दिल्लीबाट बसको यात्रा गरी गौरीफण्टा नाका हुँदै डोकेबजार आईपुगेका थिए ।
बिहीवार गौरीफण्टा नाका हुँदै नेपाल भित्रिएका एक हजार नौ सय पैतिस जना मध्ये कञ्चनपुरका १ सय ३८ जना थिए भने पुनर्वास नगरपालिकाका ३३ जना रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।
पुनर्वासमा आएका ३३ जनामध्ये १४ जना वडानम्बर–१० को क्वारेन्टाइन, ५ जना वडानम्बर–११ को क्वारेन्टाइन र बाँकी १४ जना पुनर्वास–६ को जीवनज्योती क्वारेन्टाइनमा राखिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले जानकारी दिए ।
त्यसैगरी आज शुक्रबार पनि गौरीफण्टा नाकामा नेपालीहरु सयौको संख्यामा आउने क्रम जारी रहेको र पर्सीसम्म आउने क्रम जारी रहने ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज वकिल बहादुर सिंहले हाम्रै साझा पत्रिकालाई जानकारी गराए ।





No comments:

Post a Comment