Friday, June 12, 2020

नेकपा पुनर्वासले सहयोग समिती निर्माण गरि क्वारिन्टिन व्यवस्थापनमा सहयोग गर्ने


-सुनिलकुमार लो

कञ्चनपुर, ३० जेठ ।
नेपाल कम्युनिस्ट पार्टी पुनर्वास नगर कमिटीले हाल नगरमा सञ्चालन भईरहेका क्वारिन्टिनहरुको व्यवस्थापनमा सहयोग गर्ने भएको छ । यस प्रयोजनका लागि नेकपाले नगर भित्र सञ्चालनमा रहेका क्वारिन्टिनहरुको व्यवस्थापन गर्न पार्टी कमिटीहरुलाई परिचालन गर्दै कोरोना भाईरस नियन्त्रण तथा रोकथाम सहयोग समिति निर्माण गर्ने भएको छ ।
यसका साथै सहयोग समितिहरुले अनर्गल प्रचारप्रसार विरुद्ध जनचेतना फैलाउने र नगरपालिकाद्वारा निर्मित कोरोना संक्रमण र नियन्त्रण सम्बन्धि बनाईएका कार्ययोजना तथा कार्यक्रमहरुलाई सहयोग गर्ने बताईएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति निकाली सो जानकारी दिईएको हो । नेकपा पुनर्वास नगर कमिटी अध्यक्ष पदम पुजारा र उपाध्यक्ष सचिव गंगा बहादुर तामाङद्वारा हस्ताक्षरीत प्रेस विज्ञप्तिमा नगरपालिका भित्र स्वास्थ्यकर्मी लगायत केही व्यक्तिहरुमा कोरोना भाईरसको संक्रमण भएकोमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । संक्रमित व्यक्तिहरुको सिघ्र स्वास्थ लाभको कामना र घर परीवारमा गहिरो सहानुभूति व्यक्त गरीएको सो विज्ञप्तिमा महामारीबाट जोगिन र नियन्त्रण गर्नका लागि नगरवासीहरुले सरकारले बनाएका नीति, नियमलाई पालना गर्न आग्रह गरिएको छ । यसको लागी सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरुलाई कार्यान्वयन गरि गरि सुरक्षित रहन समेत अपिल गरीएको छ । त्यसैगरि आजै बसेको नेकपा नगरस्तरीय पदाधिकारीहरुको बैठकले नगरका विभिन्न वडामा कोरोना भाईरस नियन्त्रण तथा रोकथाम सहयोग समिति बन्ने मिति र समय तय गरेको छ । र साथै बैठकले सहयोग समितिलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा परिचालनमा लाग्ने व्यवस्थापन सामाग्री सहयोग गर्न नगर कार्यपालिकालाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।


No comments:

Post a Comment