कैलाली, ३२ जेठ ।
लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनमा खटिएका स्वयंसेवकहरु माथी बलात्कारको आरोप लागेको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा रहेको सहिद स्मृती माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले आफुमाथी तीन जनाले बलात्कार गरेको आरोप लगाएकी छिन ।
पीडित महिलाले क्वारेन्टिनमा स्वंयमसेवकको रुपमा राखिएका तीन जनाले आफुमाथि बलात्कार गरेको बताइन्। ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र कार्कीले क्वारेन्टिनमा प्रहरी पठाइएको र विस्तृत विवरण प्राप्त हुन नसकेको बताए।
क्वारेन्टिनमै बलात्कार भएको भन्दै अहिले उक्त स्थानमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्।
No comments:
Post a Comment