कञ्चनपुर, १ असार
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री दिईएको छ ।
वेदकोट क्षेत्रका युवा सिरोमणी कुमार ओझा(सुर्य)ले सीमा क्षेत्रमा जनताको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री दिएका हुन् । उनका अनुसार सेनिटाईजर र मास्क वितरण गरिएको छ । २ सय थान मास्क र सेनिटाईजर वितरण गरिएको छ । ‘मातृभूमी र जनताको सुरक्षाका लागि खटिएका हाम्रा सुरक्षाकर्मीको हौसला प्रदन गर्नका लागि सानो सहयोग गरेका हौँ ।’
कोडिभ १९ रोकथाम तथा नियन्त्रणका लागि रातदिन अहोरात्र खटिने सुरक्षाकर्मीलाई आगामी दिनमा समेत सहयोग गर्ने उनले बताए ।
No comments:
Post a Comment