Monday, June 8, 2020

पुनर्वासमा एक स्वास्थ्यकर्मी सहित १३ जनामा देखियो कोरोना पोजेटिभ

पुनर्वास, २६ जेठ ।
 कञ्चनपुरको पुनर्वासमा फेरि अर्का स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
आज पुनर्वास नगरपालिकामा १३ जनामा कोरोना पुष्टि भएकोमा एक जना स्वास्थ्यकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको हो ।
पुनर्वास नगरपालिका-९ स्थित दिपशिखर आधारभूत विद्यालयको क्वारेन्टिनमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका ६० जनाको स्वाब संकलन गरिएकोमा १३ जनाको कोरोना पोजेटिभ देखिएको पुनर्वास स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले जानकारी दिए ।
स्वास्थ्य प्रमुख धामीका अनुसार क्वारेन्टिन भित्रका १२ जना र कोरोना शंकास्पद बिरामीको स्वाब संकलनमा खटिएका त्रिभुवनवस्ती स्वास्थ्य चौकीमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको बताए ।
कोरोना पुष्टि भएका १३ जनालाई आफू बसेको क्वारेन्टाइनमा अलग्गै व्यवस्थापन गरेर राखिएको र भोलि महाकाली अस्पतालमा समन्वय गरेर आईसोलेसन बेड खाली भए महेन्द्रनगर पठाउने पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले जानकारी दिए ।
नगर प्रमुख थापाले हिजो मात्रै पुनर्वास नगरपालिकाको विपद व्यवस्थापन तथा नियन्त्रण समितिको बैठकले पुनर्वासमा आईसोलेसन बनाउने निर्णय गरेको छ भोलिदेखि नै तुरुन्त आईसोलेसन निर्माण गरिने बताए ।
यस अघि पनि पुनर्वास नगरपालिकाको पराशन स्वास्थ्य चौकीका ल्याव असिस्टेन्टको रुपमा कार्यरत ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी सुदुरपश्चिममा पहिलो संक्रमित स्वास्थ्यकर्मी पनि हुन् ।
हेल्लो पुनर्वासबाट।

No comments:

Post a Comment