Monday, June 22, 2020

पुनर्वासमा अवैध सुर्तीजन्य पदार्थ सहित ३ पक्राउ 


-सुनिलकुमार लो
कञ्चनपुर, ८ असार ।
भारतबाट तस्करी गरी ल्याईरहेको सुर्तीजन्य पदार्थ सहित प्रहरीले तीनजनालाई पुनर्वास १ पुरैनाबाट पक्राउ गरेको छ । सोमबार बिहान तीन बजेतिर थाना ईञ्चार्ज वकिल बहादुर सिंहको नेतृत्वमा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट गएको टोलिले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पुनर्वास ४ बस्ने खेमराज जोशी(बर्ष ३६), बेलौरी २ बस्ने जगदीश चौधरी (बर्ष२१) र बेलौरी २ कै समीर चौधरी (वर्ष२२)रहेका छ्न । उनीहरुले दुईवटा मोटरसाइकलमा चारवटा कट्टा भित्र सो सुर्तीजन्य पदार्थ लुकाईछिपाई ल्याईरहेका थिए ।
खेमराज जोशीले चलाइरहेको से ५ प ४९०४ नम्बरको पल्सर मोटरसाइकलमा सुपार पावर सुर्ती ४८० पाकेट , जगदीश चौधरीले चलाईरहेको से ७ प ७२१२ नम्बरको होण्डा साईन मोटरसाइकलमा पछाडि बसी समीर चौधरीले समाईराखेको अवस्थामा ४४ पाकेट बिडी,सुपर पावर सुर्ती १०० पाकेट बरामद भएको छ ।
पक्राउ अभियुक्तहरुलाई मोटरसाइकल सहित सोमबार नै त्रिनगर भन्सार कार्यालय, कैलाली चलान गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज वकिल बहादुर सिंहले जानकारी गराए ।



1 comment:

  1. Teii. Tw. Ho. Nepal sarkar.le grna sakne. Kati thulo kaam. Garexa. Wawa

    ReplyDelete