Thursday, June 11, 2020

व्यवसायी दिपकले गरे क्वारेन्टाइनलाई तरकारी र मसला सहयोग

कञ्चनपुर
, २९ जेठ ।
पुनर्वासका मनकारी युवा व्यवसायी दीपक सुनारले एक क्वारेन्टिनलाई तरकारी र मसला सहयोग गरेका छन् । पुनर्वास ३ का युवा व्यवसायी दीपक सुनारले पुनर्वासकै एक क्वारेन्टिनलाई बुधबार तरकारी र मसला सहयोग गरेका हुन् ।
पुनर्वास नगरपालिका–५ भानुबस्ती स्थित गौरीशंकर माध्यमिक विद्यालयको क्वारेन्टाइनमै पुगेर ३० केजी मुला, २० केजी काँक्रा, १० केजी पहाडी सिमी, ५ केजी बैगन, ५ केजी (मसला जिरा, धनियाँ, खुर्सानी) सहयोग गरेको व्यवसायी सुनारले जानकारी दिए ।सहयोग सानै भए पनि विपतको घडीमा आफ्नो गच्छे अनुसार सहयोग गर्न पाउँदा निक्कै खुशी भएको उनले बताए । “दुःखको समयमा सहयोग गर्नु हामी सबैकोे दायित्व हो ।” उनले भने “आगामी दिनमा पनि निरन्तर यस्तै सहयोग गर्नेछु ।”
देश लगायत पूरा विश्व नै लकडाउनमा फसेको यस्तो विपतको घडीमा क्वारेन्टिनमै पुगेरै सहयोग गर्ने मनकारी दीपकलाई पुनर्वास नगरपालिका–५ की वडा सदस्य शकुन्तला क्षेत्रीले आभार समेत प्रकट गरेकि छन् ।
दीपक किराना तथा तरकारी पसल एवम् दिव्या मसला उद्योगका सञ्चालक समेत रहेका युवा व्यवसायी दीपक सुनार पुनर्वासका एक स्थापित व्यवसायी हुन् । यो समाचार हेल्लो पुनर्वासमा रञ्जित लामाले लेखेका छ्न ।


No comments:

Post a Comment