-देवराज गिरि
कञ्चनपुर, २१ जेठ ।
कंचनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा पनि कोरोना संक्रमीत देखिए पछि कोरोना (कोभिड १९) रोकथाम तथा नियन्त्रण विपत व्यवस्थापन समितिको बैठक बुधबार सम्पन्न भएको छ ।
बैठकले कोभिड १९ पुनर्वासमा पनि देखि सकेको अबस्थामा कोरोनाले पुनर्वासमा भयावह अवस्था आउन नदिनका लागि के कस्ता कदम चाल्न सकिन्छ भनी महत्त्वपूर्ण विषयमा छलफल गरेको थियो ।
जेष्ठ २१ गते बसेको बैठकले पुनर्वास नगरपालिका भित्र रहेका केही क्वारेन्टाइनमा रहेका केही व्यक्तीमा कोरोना संक्रमण भएकोले क्वारेन्टाइनमा रहेका सम्पुर्ण ब्यक्ती, ब्यबस्थापनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र क्वारेन्टाइन सङ्ग सम्बन्धित सबैको पिसिआर टेस्टका लागि सुदुरपश्चिम पर्देशलाइ अनुरोध गर्ने, क्वारेन्टाइनमा रहेका केही ब्यक्तिले अभद्र व्यवहार गरेकाले सामाजिक दुरि कायम गरि सभ्य भएर मर्यादित तबरले बस्न अनुरोध गर्ने, वडा न ८ को सभा हलमा राखिएको वडा न ७ र ८ मा वितरण गर्नु पर्ने राहत केही अराजक ब्यक्तिले ढोका फोडेर लगेकोले त्यस्ता ब्यक्तिको तुरुन्त पहिचान गरि कानुनी दायरामा ल्याउने, पुनर्वास नगरपालिकाले स्थापना गरेका क्वारेन्टाइनमा मान्छेको चाप अत्यधिक भएकोले भारत लगायत अन्य मुलुक बाट आउने पुनर्वासी दाजुभाइ तथा दिदिबहिनी जहाँ जुन अबस्थामा हुनुहुन्छ त्यही सुरक्षीत साथ बस्न अनुरोध गर्ने, क्वारेन्टाइनमा बसेका केही ब्यक्तिहरु अभद्र व्यबहार गरि बाहिर जान सक्ने भएकाले सुरक्षा ब्यबस्था अझ बलियो बनाउनका लागि सुरक्षाकर्मीको संख्या थप गर्नका लागि जिल्ला सुरक्षा समितिमा अनुरोध गर्ने, क्वारेन्टाइनमा बसेका सम्पुर्णको आरडिटी टेस्ट गरि नेगेटिभ आएको खण्डमा नियमानुसार होम क्वारेन्टाइन बस्नका लागि घर पठाउने निर्णय बैठकले पारित गरेको छ ।
बैठक पछि बोल्दै पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले सावधानी गर्दा गर्दै पुनर्वास नगरपालिकामा कोरोना संक्रमित देखिनु दु:खद भएको जिकिर गरे । कोरोना देखिदैमा आतिनु नहुने र संयमित र उच्च मनोबल राखी कोरोना सङ्गको लडाइ लड्नु पर्ने बताउँदै कोरोना भाईरस विरुद्धको लडाईमा आम जनसमुदाय, सुरक्षाकर्मी, पत्रकार र स्वास्थ्यकर्मी बाट सहयोग प्राप्त भईरहेको र आगामी दिनमा पनि सहयोग आशा व्यक्त गरे ।
No comments:
Post a Comment