-
सुनिलकुमार लो
कञ्चनपुर, ३ असार ।
बालबालिकाको सर्वाङ्गिण विकासमा टेवा पुर्याउने उद्देश्य राखी स्थापना गरीएको बाल विकास मञ्च, पुनर्वासले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । "कोरोनाबाट उत्पन्न विषम परिस्थितिमा पठनपाठन, चुनौती र विकल्प" विषयक सो अन्तरक्रिया कार्यक्रमलाई संस्थाका अध्यक्ष रामचन्द्र नेपालले अध्यक्षता प्रदान गर्नुभएको थियोे ।
उक्त कार्यकम पुनर्वास उद्योग वाणिज्य संघको सभाहलमा भएको थियोे ।
कार्यक्रममा पुनर्वास भित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु,प्याब्सन क्षेत्रीय कमिटीका पदाधिकारीहरु, शिक्षक संघ र संगठनका पदाधिकारीहरु र बाल विकास मञ्च कार्यसमितिका सदस्यहरुको उपस्थिती थियोे ।
कोभीड १९ का कारण उत्पन्न यस विषम परिस्थितिमा कसरी विद्यार्थीको पठनपाठनलाई अगाडी बढाउने ? भन्ने सम्बन्धमा विभिन्न विकल्पहरुको बारेमा सहभागीहरुले आआफ्ना विचार राखेका थिए । अधिकांस सहभागीहरुले स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने र पठनपाठनलाई दोश्रो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए । सामाजिक दुरी बनाई करिब दुईघण्टा सो अन्तरक्रिया कार्यक्रम चलेको थियोे । सामुदायिक विद्यालयहरु क्वारेन्टिनको रुपमा प्रयोग भैरहेको र संक्रमण दिनानुदिन फैलिरहेकाले वर्तमान अवस्थामा पठनपाठन असम्भव रहेको, बाँच्ने र बचाउने कार्यलाई प्राथमिकता दिनुपर्ने, सम्भव भएसम्म वैकल्पिक साधनबाट शिक्षा दिनुपर्ने, सामाजिक दुरी र सुरक्षात्मक उपाय अपनाई पाठयपुस्तक वितरण गर्नुपर्ने, स्थगित कक्षा ८ को परिक्षाको बारेमा सम्बन्धित निकायसँग छलफल गरि निर्णय गर्ने, कोरोनाका कारण देखिएका समस्याहरुलाई सम्बोधन गर्न स्थानीय निकायसँग छलफल गर्ने, अब विद्यालयलाई क्वारेन्टिन नबनाउने,बाहिरबाट गाउँ फर्कनेहरुलाई निश्चित समय तोक्ने, विद्यालयलाई स्वास्थ्य सामग्री र कोरोना बजेट उपलब्ध गराउन माग गर्ने,उपयुक्त वातावरण बनाई शिक्षकहरुले पाठयोजना,गृहकार्य लगायतका कुराहरू तयारी गर्ने, विद्यार्थीहरुले कुनै समस्या परेमा सम्पर्क गर्न प्रत्येक कक्षा लागि २/२ शिक्षकलाई जिमा दिने, वैकल्पिक तरीकाले शिक्षा दिन अभिभावकहरुलाई पनी सकृय गराउने र स्थानीय निकायले वर्तमान शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण गराउने लगायतका उपयोगी निष्कर्षहरु निस्किएका थिए ।
No comments:
Post a Comment