गोर्खामा सडक निर्माण गर्दा गर्दै २ जना मजदुरको मृत्यु भएको छ ।
नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट, आरुघाट लार्के सडकमा काम गर्ने क्रममा मजदुरहरुको ज्यान गएको हो । मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–५ जाजरकोटका २६ वर्षीय नरेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।
गोर्खाको धार्चे गाउँपालिका–३ तातोपानी सडक खण्डमा आइतबार दिउँसो तीन बजे झरेको पहिरो पन्छ्याउने क्रममा माथिबाट झरेको पहिरोमा पुरिएर शाहीको मृत्यु भएको प्रत्येक्ष दर्शी स्थानीयले जानकारी दिएका छन ।
शव पोष्टमार्टमका लागि सोमबार आरुघाटतर्फ लगिने प्रहरीले जनाएको छ।
पहिरोमा परी अरु दुई जना घाइते भएको गुरुङले बताए ।
स्रोत -अन्नपूर्ण पोस्ट
No comments:
Post a Comment