काठमाडौं- सिमा विवादले उग्ररुप लिएपछि भारत र चीनको विवादिद सिमा लद्दाखमा भारतिय र चिनिया सैनिक बिच भिडन्त भएको छ । भिडन्तमा परि ३ जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ ।
पुर्बी लद्दाखको गलवान क्षेत्रमा दुवै पक्षका सैनिकबीच गएराती भिडन्त भएको भारतीय मिडियाले बताएका छन् । भिडन्तमापरि एक जना अधिकृत र दुईजना जवानको मृत्यु भएको कुरा भारतीय सेनाले समेत पुष्टि गरेको छ ।
लामो समय देखि भारत र चिन बिच सिमाको बिषयलाई लिएर दुबै देशका सैनिकहरु बिच हात हालाहाल भएता पनि सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमापरी भारतीय सेनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
सिमामा चलिरहेको बिबादको निकास खोज्न जुन ६ मा चिन र भारत दुबै देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। र त्यस पछि पनि लगातार थुप्रै चरणका वार्ताहरु भए पनि अझै तनाव भने कम भएको थिएन।बरु दुबै पक्षले सेना र हातहतियारको संख्यामा लगातार वृद्धि गर्दै आएका छन ।
No comments:
Post a Comment