Sunday, June 21, 2020

बेलौरीका ११ जना डिस्चार्ज


बेलौरी कञ्चनपुर, असार ०७- बेलौरी नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन कक्षमा रहेका ११ जनालाई आइतबार दिउँसो डिस्चार्ज गरिएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका बमोजिम १४ दिनसम्म आइसोलेशनमा बसेका तर संक्रमित भएपनि कुनै लक्षण नदेखिएका ११ जना व्यक्तिहरूलाई डिस्चार्ज गरिएको बेलौरी नगरपालिका कोभिड-१९ नियन्त्रण फोकल पर्सन मानबहादुर चन्दले बताए ।  संक्रमितहरु बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाले नै १४ दिन कटाएर लक्षण नदेखिएकालाई पठाउन भनेकोले उहाँहरूलाई डिस्चार्ज गरिएको हो । संक्रमण देखिएपछि आइसोलेशनमा राखिएको तर कुनै लक्षण नदेखिएपछि उनिहरूको पीसिआर परीक्षण नगरिएको स्वास्थ्यकर्मी तथा आइसोलेशन व्यवस्थापक गोविन्द बिष्टको भनाइ छ । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले अबको दुई हप्तासम्म होम क्वारेन्टीनमा बस्न, अरुसँग घुलमिल नहुन, पौष्टिक खानेकुरा खान र चिकित्सकको नियमित सम्पर्कमा रहन भनी सम्झाई बुझाई गर्नुभएको छ । उनिहरूलाई नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख चित्र कुमारी चौधरी, प्रमुख कार्यकारी अधिकृत रामदत्त भट्ट सहित नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले ससम्मान आइसोलेशन कक्षबाट विदाइ गरेका थिए ।  ## नेपाल बोध डटकमबाट

 

 

 

 

 

 



No comments:

Post a Comment