Monday, June 15, 2020
बेलौरी नगरपालिकामा थप ११ जना कोरोना पोजेटिभ
-शितल भट्ट
कञ्चनपुर, असार ०१ ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा ११ जना कोरोना पोजेटिभ थपिएका छन् । सोमबार ११ जनामा कोरोना पोजेटिभ देखिएको बेलौरी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको विभिन्न क्वारेन्टाइन मा बसेका व्यक्तिहरुको आरडिटी पोजेटिभ देखिए पछि ५१ जनाको पिसिआर परिक्षणका लागी स्वाव संकलन गरेर कैलालीको सेती प्रादेशिक अस्पतालमा पठाइएको बेलौरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
सोमबार मात्रै १८ जनाको परिक्षण हुदा ११ जनामा कोरोना पोजेटिभ देखिएको बेलौरी नगरपालिका कोभिड् १९ फोकल पर्सन मान बहादुर चन्दले बताए । यस अघि बेलौरी नगरपालिका ५ का २२ बर्षिया पुरुषमा कोरोना पुष्टि भएको थियो ।
यो संगै बेलौरी नगरपालिकामा मात्रै कोरोना संक्रमितको सङ्ख्या १२ पुगेको छ । कोरोना पोजेटिभ देखिएका सबै भारत बाट फर्केका पुरुष हुन् । हाल ५१ जना मध्ये १३ जनाको रिपोर्ट आउन बाकी रहेको फोकल पर्सन चन्दले बताए । भने थप अरुको पनि स्वाव संकलन र परिक्षणकार्य जारी रहेको उहाँको भनाइ छ ।
यस्तै नगरपालिकामा कोरोना पोजेटिभको सङ्ख्या बढेसंगै नगरबासी सबैलाई सचेत रहि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको बेलौरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment