-सुनिलकुमार लो
कञ्चनपुर, १० असार ।
सुदुरपश्चिम प्रदेश सभासद तारालामा तामाङले आपसी सम्बन्ध र व्यक्तिगत कारणले विकास पछि पर्न नहुने विचार राख्नुभएको छ । बुधबार पुनर्वास नगरपालिकाको सातौ नगरसभामा आफ्नो मन्तव्य राख्ने क्रममा सभासद तामाङले सो कुरा बताउनुभएको हो । व्यक्तिगत विचार र झिनामसिना कुराहरू विकासको बाटोमा बाधक बन्छ्न भने त्यसलाई हटाउनुपर्ने र जनताको विकासको चाहनालाई सम्बोधन गर्नुपर्ने सभासद तामाङको भनाई थियोे । कञ्चनपुरको जनताले पुनर्वासलाई नेतृत्व प्रदान गरेको र संघीय मन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश सभासद र जिल्ला समन्वय समिति संयोजक जस्ता जिम्मेवार पदहरुमा बसी पुनर्वासीहरुले काम गरीरहेको सन्दर्भमा कञ्चनपुरको विकासले संतोषजनक गति लिन नसकेकोमा सभासद तामाङले चिन्ता व्यक्त गरे ।
"संसारकै सबैभन्दा उन्नत व्यवस्था संघीय गणतान्त्रिक व्यवस्था देशमा आयो, यस व्यवस्था भित्रको अधिकार प्राप्त प्रतिनिधिको रुपमा जनताले हामीलाई चुने तर पनि खास केही गर्न सकेनौ" सभासद तामाङको कथन थियोे ।
तीनै तहमा नेकपाको शक्तिशाली सरकार रहेकाले अनुकूल अवस्था रहेको र जनताको विकासको चाहनालाई सम्बोधन गर्न सबैले आआफ्नो ठाउँबाट प्रभावकारी भूमिका निभाउनु पर्ने तामाङले जिकिर गरे ।
जनताले अहिले विकास नभए कैले हुने भनेर प्रश्न गरीरहेको सन्दर्भमा यस प्रश्नलाई सबै जनप्रतिनिधिले गम्भीरतापूर्वक मनन गर्नुपर्ने सभासद तामाङको विचार थियोे । "तर जनताले पनि हाम्रो बाध्यता बुझ्नु पर्छ" सभासद तामाङले भने "संघीयता बन्यो तर नियम कानूनको अभाव थियोे, यो कारणले पनि विकासले गति लिन सकेन । जनताले प्रतिनिधिहरुको मर्का बुझ्नुपर्छ ।"
स्थानीय तहले कार्यविधी बनाई मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने, कार्यविधि बनाउदा सबै पक्षसंग सल्लाह लिनुपर्ने, विकासका लागि केन्द्र, प्रदेश र स्थानीय, तहले समन्वय गर्नुपर्ने सभासद तामाङको सुझाव थियोे ।
आफूलाई निश्चित योजनाको लागि प्रदेश सभामा लबिङ गर्न कसैले नभनेको,
पुनर्वासमा कोल्ड स्टोर लगायत केही कालोपत्रे सडकका लागि आफुले पहल गरेको र निकट भविष्यमा ती आयोजनाहरु पूरा हुने समेत सभासद तामाङले जानकारी गराए ।
No comments:
Post a Comment